अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 

राजविराज राजविराज
|
सोमबार, आषाढ २७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 

सारांश

  •     विद्यालय जाँदा बाटो र कक्षा कोठामै विद्यार्थीहरु बेहोस पर्ने क्रम बढेपछि राजविराज नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सबै सामुदायीक विद्यालयमा एक महिनाको लागी विदा दिने निर्णय गरेको हो ।
  •       राजविराज नगरक्षेत्रमा ५ मावि, १२ निमावी र २६ प्रावि गरी कुल ४३ सामुदायिक विद्यालय रहेका छन् ।
  •       राजविराज नगरपालिकाको शिक्षा शाखाले सोमवार एक सुचना जारी गर्दै शैक्षिक सत्र २०७९ को शैक्षिक क्यालेण्डरमा उल्लेख भएको वर्षे विदामा फेरबदल गरी असार २८ गते मंगलवारदेखी २०७९ साउन २८ गते सम्म विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख भगवती विश्वकर्माले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    अत्याधिक गर्मी बढेको भन्दै राजविराज नगरपालिकाले नगर क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयहरुमा एक महिने विदा दिने निर्णय गरेको छ । 
    विद्यालय जाँदा बाटो र कक्षा कोठामै विद्यार्थीहरु बेहोस पर्ने क्रम बढेपछि राजविराज नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सबै सामुदायीक विद्यालयमा एक महिनाको लागी विदा दिने निर्णय गरेको हो । 
    राजविराज नगरक्षेत्रमा ५ मावि, १२ निमावी र २६ प्रावि गरी कुल ४३ सामुदायिक विद्यालय रहेका छन् । 
    राजविराज नगरपालिकाको शिक्षा शाखाले सोमवार एक सुचना जारी गर्दै शैक्षिक सत्र २०७९ को शैक्षिक क्यालेण्डरमा उल्लेख भएको वर्षे विदामा फेरबदल गरी असार २८ गते मंगलवारदेखी २०७९ साउन २८ गते सम्म विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख भगवती विश्वकर्माले जानकारी दिएका छन् ।
    गर्मीका कारण विद्यार्थीहरु बेहोस पर्ने तथा स्वास्थमा अन्य समस्या समेत देखिन थालेपछि सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरिएको उनको भनाई छ । थप गरिएको पाच दिनको विदा वर्षे विदामा मिलान गरिने उनले जानकारी दिए । 
    एक साता यता बढेको अत्याधिक गर्मीका कारण सप्तरीको जनजीवन निकै कष्टपुर्ण बनेको छ । अतिआवश्यक काम बाहेकको समयमा मानिसहरु घर बाहिर निस्किन छाडेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ