दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई मोबाइल लैजान निषेध गरिएको छ भने शिक्षक पूर्व जानकारी बिना अनुपस्थित भए तलब भत्ता कट्टा गरिने सम्मको विभिन्न ८ बुँदे निर्णय गरिएको छ ।
पालिकाको शैक्षिकस्तर उकास्न तथा शैक्षिक अवस्थामा सुधारका लागी गाउँपालिकाले विभिन्न आठ बुंदे निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै तोकिएको समयमा विद्यालयमा उपस्थित भई निर्धारित समयसम्म बस्नु पर्ने, आफुले पढाउने विषयको पाठ योजना निर्माण गरी आउनु पर्ने, तोकिएको जिम्मेवारी समयमा पुरा गर्नू पर्ने लगायतका आठ बुदे निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सन्त कुमार मण्डलले बताए ।
उक्त निर्णय कार्यान्वयन गर्ने÷गराउने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्पmत मातहतका सबै विद्यालयमा परिपत्र गरिसकेको उनको भनाई छ ।
शैक्षिक अवस्था सुधारका लागी गरिएको यस्तो निर्णय प्रभावकारी ढंगले कार्यान्वयन भए÷नभएको बुझ्न समय समयमा छड्के अनुगमन समेत गरिने पालिकाका अध्यक्ष यादवले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउन यस्तो योजना ल्याइएको सो पालिकाले जनाएको छ । उक्त पालिका भित्र ५ मावि र १३ आधारभुत विद्यालय रहेका छन । जसमा १ सय ७५ शिक्षक समेत गरी २ सय जना कर्मचारी कार्यरत छन ।
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
सारांश
- पालिकाको शैक्षिकस्तर उकास्न तथा शैक्षिक अवस्थामा सुधारका लागी गाउँपालिकाले विभिन्न आठ बुंदे निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
- यस्तै तोकिएको समयमा विद्यालयमा उपस्थित भई निर्धारित समयसम्म बस्नु पर्ने, आफुले पढाउने विषयको पाठ योजना निर्माण गरी आउनु पर्ने, तोकिएको जिम्मेवारी समयमा पुरा गर्नू पर्ने लगायतका आठ बुदे निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सन्त कुमार मण्डलले बताए ।
- उक्त निर्णय कार्यान्वयन गर्ने÷गराउने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्पmत मातहतका सबै विद्यालयमा परिपत्र गरिसकेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया