बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
६६ पटक हेरिएको
Shares
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै

सारांश

  •     झण्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
  • बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।

    सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडक बाढीले बगाएको दुई वर्ष वितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । 
    झण्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् । बि.स. २०७७ साल साउन महिनको अन्त्य तिर जीता, महुली र खाँडो खोलाको बाढीले बगाएको थियो ।     
    उक्त मार्गमा पर्ने दुई वटा स–साना पुलको दाँया बायाँ दुबै तीरको करिब ५०÷५० मिटर सडक बाढीले बगाएको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा समेत त्यसको मर्मत पनि हुन सकेको छैन । आवत जावतमा समस्या भएपछि स्थानीय केही टेम्पो, सिटरिक्सा तथा म्याजिक लगायत सवारीका चालकले पुलको केही भागमा ढुंगा, माटो र बालुवाको बोरा राखेर जोखिमपुर्ण ओहोरदोहोर गर्न थालेका छन् । 
    राज्यले ध्यान नदिदा यो बाटोमा विगत दुई वर्षदेखि सिटी रिक्शा, म्याजिक, टेम्पो लगायतका छोटो सवारी साधन जोखिम मोलेर जसो तसो आवतजावत गर्छन तर ठूला सवारी साधन भने चल्न छोडेको छ । तिलाठी–हनुमाननगर सडक खण्ड भएर सप्तरी सदरमुकाम राजविराज जाने यात्रु अहिले ५ किलोमिटर टाढा पर्ने अर्कै बाटो प्रयोग गर्न बाध्य छन् । 
    तिलाठी कोइलाठी गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार  कोशी, जीता, महुली, खाडो लगायतका नदी खोलाबाट बग्ने पानीको उचित निकास नहुदाँ वर्षेनी यहाँका जनताले सडक कटानबाट सास्ती भोग्नु परेको छ । उनले बाढीको पानी निकासका लागी यहाँ स–साना पूल होइन, एउटा लामो पूल नै आवश्यक रहेकोले नगर र गाउँपालिकाको बजेटले सो सम्भव नभएको बताए । 
    उनका अनुसार यस मार्गबाट विराटनगर, धरान, इटहरीका साथै सीमावर्ती कुनौली, निर्मली, दरभंगा, मधुवनी लगायतका सहरसम्म पुग्न सहज हुने गरेको थियो । तर सडक कटानमा परेपछी सवारी साधन आवतजावत ठप्प भई एक गाउँबाट अर्काे गाउँ जान र विरामीलाई अस्पताल सम्म लैजान पनि समस्या भएको छ । 
    राजविराज भन्सार कार्यालय समेत यसै सडक खण्डको ३ सय मिटर दुरीमा मात्र अवस्थित छ । बाढीले सडक बगाएपछि ठूला सवारी साधनको आवागमन ठप्प हुँदा भन्सारको राजश्व असुली समेत प्रभावित बनेको छ । नजिकका बजारहरु पुग्न छोटो बाटो भएकाले दैनिक १ हजार देखि २ हजार सर्वसाधारण आवतजावत गर्ने उक्त बाटो कटानमा परेपछी अहिले सय दुई सयको संख्यामा मात्र यात्रु आवतजावत गर्ने गरेको स्थानीयहरु बताउँछन । बाढीले भत्काएको सडक चाँडो निर्माण गरी राहत दिन स्थानियले सरकारसंग माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
कदमाहा र मटिगढी सडकको शिलान्यास
कदमाहा र मटिगढी सडकको शिलान्यास
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित