मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी

राजविराज राजविराज
|
सोमबार, आश्विन १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी

सारांश

  •     तीन दिनदेखि भएको बर्षाले गर्दा छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी भगवती मन्दिर, राजविराजस्थित भगवती मन्दिर र राजेदबी मन्दिर लगायतका दर्जनौ मन्दिरहरुमा भक्तजनहरुको कमी भएको हो ।
  •     शनिवारदेखी भएको बर्षाले गर्दा आइतबार घटस्थापनाका दिन र सोमबार पनि मन्दिरहरूमा भक्तजनहरुको मन्दिर आउने क्रम घटेको छ ।
  •     राजबिराजको भगवती मन्दिर, राजदेबी मन्दिर, छिन्नमस्ता र कंकालिनी मन्दिर मात्र नभएर जिल्लाका अन्य भगवती मन्दिरहरुमा समेत पुजा तथा दर्शनकालागि भक्तजनहरु आउने क्रम घटेको राजदेबी मन्दिरका पुजारी भोला साहले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
    नेपालीहरुको महान चाड वडादशैं सुरु भए सँगै मुलुककै प्रसिद्ध शक्तीपिठ तथा मन्दिरहरूमा भक्तजनहरूको कमी भएको छ ।
    तीन दिनदेखि भएको बर्षाले गर्दा छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी भगवती मन्दिर, राजविराजस्थित भगवती मन्दिर र राजेदबी मन्दिर लगायतका दर्जनौ मन्दिरहरुमा भक्तजनहरुको कमी भएको हो ।
    शनिवारदेखी भएको बर्षाले गर्दा आइतबार घटस्थापनाका दिन र सोमबार पनि मन्दिरहरूमा भक्तजनहरुको मन्दिर आउने क्रम घटेको छ ।
    राजबिराजको भगवती मन्दिर, राजदेबी मन्दिर, छिन्नमस्ता र कंकालिनी मन्दिर मात्र नभएर जिल्लाका अन्य भगवती मन्दिरहरुमा समेत पुजा तथा दर्शनकालागि भक्तजनहरु आउने क्रम घटेको राजदेबी मन्दिरका पुजारी भोला साहले बताए ।
    नियमित बर्षाले शक्तिपीठमा वडादशैंका बेला भक्तजनहरु बढी आउने गरे पनि बर्षाले गर्दा भक्तजनहरूको संख्यामा कमि आएको छिनमस्ता मन्दिरका पीठाधीश महाकान्त ठाकुर बताउँछन् ।
    सो मन्दिरमा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुहरु दर्शन गर्न आउने गरेको पीठाधीश ठाकुर बताउछन । यस मन्दिरमा भाकल पुरा भएपछि विशेष पुजापाठको लागि पनि वडादशैंमै आएर खसी–बोकाको बलि चढाउने परम्परा रहि आएको छ ।
    यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ भारहदस्थित कंकालनी भगवती मन्दिरमा खास गरी निःसन्तान महिलाले भाकल गरेपछि सन्तान प्राप्तिलगायतका भाकल गरे मनोकामना पूरा हुने जनबिश्वास रहेको छ । 
    भाकल पुरा भएपछि वडादशैंको नवमी तिथिमा राँगा बलि प्रदान गर्ने तथा अन्य समयमा समेत बोका, परेवा, मिठाई र गरगहना चढाउने परम्परा रहिआएको छ । 
    यस बाहेक जिल्लको डाक्नेश्वरी नगरपालिकास्थित डाक्नेश्वरी भगवती, हनुमाननगर कंकालिनी नगरपालिका स्थित योगिनीमाई लगायतका मन्दिरमा समेत भक्तजनको चहल पहल गत बर्षभन्दा यसपाली घटेको छ ।
    यसैबीच सोमबार दिउँसोदेखी वर्षा रोकिएकोले साँझ मन्दिरहरुमा केही घुँइचो लागेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या 
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग