जनकपुरधाम÷प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल भएको दाबी समेत गरेका छन् ।
प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले विभिन्न आरोह–अवरोहका बीच प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दावी गर्दै २६ बुँदे कार्य प्रगति विवरण समेत सार्वजनिक गरे ।
उनले संघियतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको दावी गर्दै समयमा प्रदेश सरकारले संघीयतालाई संस्थागत गर्न तर्फ अग्रसरता लिएको बताउँदै संघ सरकारको तर्फबाट असहयोग भइरहेको भन्दै प्रदेशका अधिकारहरु कटौती गर्ने काम भएको समेत बताए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वर्तमान सरकारको कार्यकाल ५ वर्ष नै रहने दावी गरेका छन् । उनले जनताको म्याण्डेटबाट गठन भएको प्रदेश सरकार रहेकोले यो सरकार ५ वर्ष सम्म रहने बताउँदै प्रदेशको राजधानी जनकपुरधाम हुने सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दावी समेत गरे ।
दुई वर्षे कार्यकाल सफल भएको मुख्यमन्त्री राउतको दाबी
सारांश
- उनले संघियतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको दावी गर्दै समयमा प्रदेश सरकारले संघीयतालाई संस्थागत गर्न तर्फ अग्रसरता लिएको बताउँदै संघ सरकारको तर्फबाट असहयोग भइरहेको भन्दै प्रदेशका अधिकारहरु कटौती गर्ने काम भएको समेत बताए ।
- पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वर्तमान सरकारको कार्यकाल ५ वर्ष नै रहने दावी गरेका छन् ।
- उनले जनताको म्याण्डेटबाट गठन भएको प्रदेश सरकार रहेकोले यो सरकार ५ वर्ष सम्म रहने बताउँदै प्रदेशको राजधानी जनकपुरधाम हुने सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दावी समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया