दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
राजविराज–हनुमाननगर सडक खण्ड दुई वर्षदेखी जिर्ण बन्दा पनि सम्बन्धीत निकायको ध्यान पुग्न नसक्दा विरामी, चालक र यात्रु सास्ती खेप्न बाध्य छन् ।
सडकमा परेका खाल्डाले साना ठूला सवारी साधन आवत जावतमा सकस हुने गरेको छ । हनुमाननगर र राजविराज जोड्ने सबै भन्दा छोटो दुरीको एक मात्र सडक जीर्ण बन्दा विरामी, चालक तथा यात्रुले सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ ।
राजविराज र हनुमाननगर जोड्ने उक्त १२ किलो मिटर सडकको ठाउँ ठाउँमा गरी झण्डै ४ किलो मिटर अति जीर्ण अवस्थामा रहेको छ ।
सडक जीर्ण बन्दा २० मिनेटको बाटो तय गर्न करिब एक घण्टा समय लाग्ने गर्छ । सडकको दर्जनौ स्थानमा खुल्डी परेकै कारण गाडीको पार्ट पुर्जा पनि छिट्टै विग्रीने र जोखिमपुर्ण यात्राले यात्रु पनि हैरान हुने गरेको दिनेश वस सर्विसका संचालक दिनेश साहको भनाई छ ।
सडक अति जीर्ण भएकाले आपतकालिन अवस्थामा रहेका विरामीलाई उक्त सडक मार्गबाट विराटनगर र धरानका अस्पताल पु¥याउन निकै सास्ती हुने गरेको एम्बुलेन्स चालक प्रेम राइले सुनाए ।
सडकमा अत्याधिक खाल्डी खुल्डा परेकै कारण २ घण्टामा विराटनगर र धरान पुग्ने सवारी साधन मुस्किलले ३ घण्टा सम्ममा पुग्ने गरेको अर्का एम्बुलेन्स चालक घनश्याम यादवले सुनाए ।
जीर्ण सडकले चालक, यात्रु तथा विरामीलाई निम्त्याएको सास्ती अन्त गर्न अविलम्ब उक्त सडकखण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छ ।
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
सारांश
- सडकमा परेका खाल्डाले साना ठूला सवारी साधन आवत जावतमा सकस हुने गरेको छ ।
- हनुमाननगर र राजविराज जोड्ने सबै भन्दा छोटो दुरीको एक मात्र सडक जीर्ण बन्दा विरामी, चालक तथा यात्रुले सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ ।
- राजविराज र हनुमाननगर जोड्ने उक्त १२ किलो मिटर सडकको ठाउँ ठाउँमा गरी झण्डै ४ किलो मिटर अति जीर्ण अवस्थामा रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया