दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सप्तरीको खडक नगरपालिकामा दुई दलले गठबन्धन गरि स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पाँच दलिय गठबन्धनमा आवद्ध दलहरुबीच तालमेलको सम्भावना घटदै गएपछि आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत (समाजवादी) बीच मिलेर चुनावमा जाने निर्णय गरेको हो ।
खडक नगरपालिका कमिटीको वसेको संयुक्त बैठकले स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् । बैठक पछि नेकपा एकिकृत (समाजवादी) र नगर कमिटीका अध्यक्ष विजय कुमार साह र नेकपा माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष जय प्रकाश चौधरीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै परिवर्तन विरोधी शक्तीलाई परास्त गर्न दुई परिवर्तनकारी शक्ती आगामी स्थानीयतहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको उल्लेख गरेका छन् ।
दुई दलिय गठबन्धनको निर्णय बमोजिम खडक नगरपालिकाको वडादेखी नगर प्रमुख र उप प्रमुखसम्म दुबै दलले आपसी सहमतीमा सिट बाडँफाड गर्ने सहमती भएको छ ।
अघिल्लो निर्वाचनमा यस नगरपालिकामा तत्कालिन संघिय समाजवादीका उम्मेदवारले प्रमुख उप प्रमुख पद जितेका थिए ।
गठबन्धन भित्रका अन्य दलले मिलेर जाने विषयमा खासै चासो नदेखाएकाले यस्तो निर्णय गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । पाँच दलिय गठबन्धन भित्रका दुइ दलले मात्र उक्त नगरपालिकामा मिलेर जाने निर्णय गरेपछि यस्को प्रभाव अन्य स्थानीय तहमा पर्न सक्ने आकलन गरिएको छ ।
खडक नगरपालिकामा माओवादी र नेकपा एस मिलेर निर्वाचनमा जाने निर्णय
सारांश
- पाँच दलिय गठबन्धनमा आवद्ध दलहरुबीच तालमेलको सम्भावना घटदै गएपछि आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत (समाजवादी) बीच मिलेर चुनावमा जाने निर्णय गरेको हो ।
- खडक नगरपालिका कमिटीको वसेको संयुक्त बैठकले स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् ।
- बैठक पछि नेकपा एकिकृत (समाजवादी) र नगर कमिटीका अध्यक्ष विजय कुमार साह र नेकपा माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष जय प्रकाश चौधरीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै परिवर्तन विरोधी शक्तीलाई परास्त गर्न दुई परिवर्तनकारी शक्ती आगामी स्थानीयतहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया