चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २, २०७९
|
|
६० पटक हेरिएको
Shares
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 

सारांश

  •     जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरि ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेका छन् ।
  •       निार्वचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जिल्लाका १८ वटै स्थानिय तह मध्ये सबै भन्दा बढी राजविराज नगरपालिकामा २१ हजार ६ सय ८० पुरुष, १९ हजार ४ महिला र २ अन्य गरि ४० हजार ६ सय ८६ तथा सबै भन्दा कम बलान बिहुल गाउँपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ६ हजार ८ सय ९ महिला गरि १४ हजार ४ सय ९८ मतदाता रहेको जानकारी दिएका छन् ।
  •     यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ९ हजार ३ सय ३५ पुरुष, ९ हजार ५ सय ५२ महिला र ४ अन्य गरि १८ हजार ८ सय ९१, कंचनरुप नगरपालिकामा १८ हजार २ सय ९४ पुरुष, १७ हजार ८ सय ३६ महिला र ४ अन्य गरि ३६ हजार १ सय ३४, खडक नगरपालिकामा १५ हजार ८ सय ३६ पुरुष, १६ हजार १ सय ५७ महिला र ४ अन्य गरि ३१ हजार ९ सय ९७, छिन्नमस्ता गाउँपालिकामा ९ हजार ६ सय ८५ पुरुष, ८ हजार २ सय ३३ महिला गरि १७ हजार ९ सय १८, डाक्नेश्वरी नगरपालिकामा १५ हजार १ सय ८९ पुरुष, १३ हजार ५ सय २८ महिला गरि २८ हजार ७ सय १७ तथा तिरहुत गाउँपालिकामा ७ हजार ७ सय ९७ पुरुष, ६ हजार ९ सय ७४ महिला गरि १४ हजार ७ सय ७१ मतदाता रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।

    सप्तरीका ४ लाख १८ हजार ३ सय ७४ मतदाताले मंसिर ४ गते भोली (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान गर्दैछन् । 
    जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरि ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेका छन् । 
    निार्वचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जिल्लाका १८ वटै स्थानिय तह मध्ये सबै भन्दा बढी राजविराज नगरपालिकामा २१ हजार ६ सय ८० पुरुष, १९ हजार ४ महिला र २ अन्य गरि ४० हजार ६ सय ८६ तथा सबै भन्दा कम बलान बिहुल गाउँपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ६ हजार ८ सय ९ महिला गरि १४ हजार ४ सय ९८ मतदाता रहेको जानकारी दिएका छन् ।
    यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ९ हजार ३ सय ३५ पुरुष, ९ हजार ५ सय ५२ महिला र ४ अन्य गरि १८ हजार ८ सय ९१, कंचनरुप नगरपालिकामा १८ हजार २ सय ९४ पुरुष, १७ हजार ८ सय ३६ महिला र ४ अन्य गरि ३६ हजार १ सय ३४, खडक नगरपालिकामा १५ हजार ८ सय ३६ पुरुष, १६ हजार १ सय ५७ महिला र ४ अन्य गरि ३१ हजार ९ सय ९७, छिन्नमस्ता गाउँपालिकामा ९ हजार ६ सय ८५ पुरुष, ८ हजार २ सय ३३ महिला गरि १७ हजार ९ सय १८, डाक्नेश्वरी नगरपालिकामा १५ हजार १ सय ८९ पुरुष, १३ हजार ५ सय २८ महिला गरि २८ हजार ७ सय १७ तथा तिरहुत गाउँपालिकामा ७ हजार ७ सय ९७ पुरुष, ६ हजार ९ सय ७४ महिला गरि १४ हजार ७ सय ७१ मतदाता रहेका छन् । 
    यसैगरि जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार ६ सय ४३ पुरुष, ९ हजार १ सय २५ महिला गरि १९ हजार ७ सय ६८, बोदेबरसाइन नगरपालिकामा १४ हजार ९ सय ५३ पुरुष, १३ हजार ७ सय ५२ महिला गरि २८ हजार ७ सय ५, महादेवा गाउँपालिकामा ९ हजार २९ पुरुष, ७ हजार ९ सय ९३ महिला गरि १७ हजार २२, राजगढ गाउँपालिकामा ९ हजार ९ सय ६४ पुरुष, ८ हजार ६ सय ६४ महिला गरि १८ हजार ६ सय २८, रुपनी गाउँपालिकामा ९ हजार ५ सय ७७ पुरुष, ८ हजार ७ सय ९ महिला र एक अन्य गरि १८ हजार २ सय ८७, विष्णुपुर गाउँपालिकामा ८ हजार १ सय २० पुरुष, ७ हजार २७ महिला र एक अन्य गरि १५ हजार १ सय ४८ मतदाता रहेको जनाइएको छ । 
    त्यस्तै शम्भुनाथ नगरपालिकामा ११ हजार ९ सय ८६ पुरुष, १२ हजार १ सय २२ महिला र ४ अन्य गरि २४ हजार १ सय १२, सप्तकोशी नगरपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ७ हजार ७ सय ६५ महिला गरि १५ हजार ४ सय ५४, सुरुङ्गा नगरपालिकामा १४ हजार ७ सय २ पुरुष, १४ हजार ९ सय ९० महिला र एक अन्य गरि २९ हजार ६ सय ९३ र हनुमाननगर कंकालिनी नगरपालिकामा १५ हजार १ सय १४ पुरुष, १२ हजार ८ सय ३१ महिला गरि २७ हजार ९ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु                                                                                  
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी