मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 

राजविराज राजविराज
|
आइतबार, भाद्र २, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 

सारांश

  •     सो नगरपालिका १ गहनौरीस्थित प्रस्तावित राधाकृष्ण मन्दिर भवनको छाना र भित्ता ठाउँ ठाउँमा चर्किन थालेको छ ।
  • यस्तो विजोग हुँदा समेत कोही जवाफ दिन तयार देखिन्न् ।
  •          मन्दिर निर्माणमा १० लाख रुपैया लगानी गरेको सो नगरपालिकाका जिम्मेवार जनप्रतिनीधीले यसको स्पष्ट जानकरी दिन सकेका छैनन् ।

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 

    सप्तरीको एक यस्तो मन्दिर जुन मूर्ती स्थापना नहुँदै जीर्ण बन्दै गएको छ । साढे दुई वर्ष अघि जिल्लाको बोदेबरसाइन नगरपालिका १ स्थितमा निर्माण भएको राधाकृष्ण मन्दिर मुर्ती स्थापना हुन नपाउँदै जीर्ण बन्न लागेको हो । 
    सो नगरपालिका १ गहनौरीस्थित प्रस्तावित राधाकृष्ण मन्दिर भवनको छाना र भित्ता ठाउँ ठाउँमा चर्किन थालेको छ । यस्तो विजोग हुँदा समेत कोही जवाफ दिन तयार देखिन्न् ।    
    मन्दिर निर्माणमा १० लाख रुपैया लगानी गरेको सो नगरपालिकाका जिम्मेवार जनप्रतिनीधीले यसको स्पष्ट जानकरी दिन सकेका छैनन् । अढाई वर्ष अघि बनेको मन्दिरमा अहिलेसम्म मूर्ती स्थापना नहुनु र लाखौको लगानी गरी बनाइएको मन्दिर भवन जीर्ण हुन लाग्दा पनि मर्मत सम्भारको प्रयास नगरपालिकाबाट नहुनु बारे नगरप्रमुख आतेश सिंहलाई फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । 
    सो वडाका अध्यक्ष रविन्द्र साहलाई फोन सम्पर्क गर्दा उनको छोराले उठाए र “बुवा बाहिर गएको” जवाफ फर्काए । वडा सदस्य विजय कुमार चौधरी संग जिज्ञासा राख्दा उनले आफुलाई यसबारे केही थाहा नभएको बताउँदै पन्छिए । 
    यस्ते उपनगर प्रमुख रेणु साहसँग यसबारे बुझ्न खोज्दा उनले पनि सो मन्दिर भवनबारे कुनै जानकारी आफुसँग नरहेको बताउदै योजना शाखामा सम्पर्क राख्न भन्दै मोबाईलको स्विच अफ गरिन् । 
    अढाई वर्ष अघि तत्कालिन वडाअध्यक्ष धिरेन्द्र यादवको पालामा नगरपालिकाको १० लाख तथा स्थानीयको चन्दा सहयोगबाट सो मन्दिर भवनको निर्माण कार्य सम्पन्न गरिएको थियो । मन्दिर भवन निर्माण कार्य सकिएपछि भारतको जयपुरबाट भगवान राधाकृष्णको मुर्ती ल्याएर स्थापना गर्ने योजना बनाइएको थियो । 
    तर, चुनाव नजिकीएकाले चुनाव पछि नै मुर्ती स्थापना गर्ने तत्कालिन वडाअध्यक्ष यादवको तैयारी थियो । संयोगवश उनी चुनावमा झिनो मतान्तरले पराजित हुन पुगे । प्रतिद्वन्दीले सुरु गरेको योजनामा लगानी गरे “बेकार” हुने ठानेर वर्तमान वडा अध्यक्ष साहले मन्दिरको संरक्षण र मुर्ती स्थापनमा चासो नदेखाएकाले मन्दिर भवन यस्तो अवस्थामा पुगेको निवर्तमान वडाअध्यक्ष यादवको भनाई छ । 
    उनले नगरपालिकाको १० लाख तथा स्थानीयवासीको थप सहयोगमा भव्य मन्दिर भवन निर्माण गरिए पनि नयाँ जनप्रतिनीधीले वेवास्ता गर्दा मूर्ती विनाको मन्दिर बन्न पुगेको बताए । 
    आफ्नो कार्यकालमा भवन निर्माण र रंगरोगन कार्य गरिएपनि नयाँ जनप्रतिनीधीले एउटा देवी देवताको मूर्ती राख्न  र मर्मत सम्भारमा कुनै चासो न देखाउनु दुःखद भएको उनको गुनासो छ । 
    “भक्तजनको भीड लाग्नु पर्ने ठाँउ अहिले अलपत्र र सुनसान रहने गरेको छ । फाटफुट आउने मानिसले पनि हँस्सीमजाक गर्छन, स्थानीवासी कौशल कुमार साह भन्छन–यस तर्फ सबैको ध्यान जानु जरुरी छ ।”
    उक्त मन्दिरलाई पालिकाले प्राथमिक्ता दिएर मूर्ती स्थापना, मर्मत सम्भार र संरक्षण गरी धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्नू पर्ने स्थानीयले माँग गरेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
राजविराजमा महिला क्रिकेट सुरु
राजविराजमा महिला क्रिकेट सुरु
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
सडक दुर्घटनामा दुईको मृत्यु
सडक दुर्घटनामा दुईको मृत्यु
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी