दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट विभिन्न परीक्षाको केन्द्र लहानस्थित जेएस मुरारका क्याम्पसमा सारिएको बिरोधमा मंगलबार स्वावियुको नेतृत्वमा सडक आन्दोलन गरिएको छ ।
बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् ।
शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए । तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन संकायको समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् ।
स्ववियु सभापति रन्जित कुमार यादवले ‘त्रिवि आंगिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत भएको बताउँदै परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा सडक आन्दोलनमा उत्रिएको बताए ।
सभापति यादवले सप्तरी र सिरहाको मात्र परीक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको आरोप समेत लगाए ।
यता विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गर्दै परीक्षा केन्द्र पुनः मविव क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
सारांश
- बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् ।
- उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् ।
- शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया