परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, श्रावण ६, २०८२
|
|
७२ पटक हेरिएको
Shares
परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

सारांश

  •     बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् ।
  • उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् ।
  •       शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 

    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट विभिन्न परीक्षाको केन्द्र लहानस्थित जेएस मुरारका क्याम्पसमा सारिएको बिरोधमा मंगलबार स्वावियुको नेतृत्वमा सडक आन्दोलन गरिएको छ । 
    बदनियतपुर्ण तरिकाले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा विद्यार्थीहरू चर्को नारावाजी गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले क्याम्पस हाताभित्र टायर बालेर प्रदर्शन गरेका छन् । 
    शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका थिए । तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन संकायको समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् । 
    स्ववियु सभापति रन्जित कुमार यादवले ‘त्रिवि आंगिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत भएको बताउँदै परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको विरोधमा सडक आन्दोलनमा उत्रिएको बताए । 
    सभापति यादवले  सप्तरी र सिरहाको मात्र परीक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको आरोप समेत लगाए । 
    यता विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गर्दै परीक्षा केन्द्र पुनः मविव क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण