दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
राष्ट्रिय बालदिवस २०७८ को अवसरमा मंगलबार सप्तरीको तिनवटा गाउँपालिकामा बिभिन्न प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा हाजरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, कबिता लेखन प्रतियोगिताको आयोजना गरिएको लैङगिक केन्द्रित परियोजना संयोजक संतोष कुमार यादवले जानकारी दिए ।
उक्त प्रतियोगिता जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको हो । आयोजित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना पुरस्कार प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
कार्यक्रममा डटपेन, कापी र खेलकुद सामग्री सहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगिता बिभिन्न बालक्लबको आयोजनामा सम्पन्न भएको थियो ।
यसैगरि राष्ट्रिय बालदिवसकै अवसरमा जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुरमा मंगलबार एक कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले सप्तरीको खडक नगरपालिका वडा नंं ७ स्थित जनता आधारभुत बिद्यालय कल्याणपुरमा आयोजना गरेको कार्यक्रममा कुर्सी खेल तथा भाडो फोटा खेल सम्पन्न भएको सबलन नेपालका अशोक साहले जानकारी दिए ।
कार्यक्रममा बिभिन्न बिद्यालयका सहभागि छात्र÷छात्राहरुले नियमको पालना गर्दै उक्त कार्यक्रममा सहभागि भएका थिए ।
खडक नगरपालिकाका उपप्रमुख यशमीन सुलतानको प्रमुख अतिथि भएको कार्यक्रममा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना भएकाहरुलाई पुरस्कार बितरण गरिएको थियो ।
शिक्षा शाखाका बीरेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा बिशिष्ट अतिथि सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, बालबालिका शाखा अनिता साह, अतिथि सबल नेपालका फिल्ड अधिकृत (शिक्षा) निरबहादुर आले, एसएनभीका कार्यक्रम संयोजक परमेश्वर झा, कृष्णा जिसी र खडक नगरपालिका वडा नं. ७ का अध्यक्ष राकेश कुमार साह लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
राष्ट्रिय बालदिवसमा बिभिन्न प्रतियोगिता सम्पन्न
सारांश
- सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा हाजरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, कबिता लेखन प्रतियोगिताको आयोजना गरिएको लैङगिक केन्द्रित परियोजना संयोजक संतोष कुमार यादवले जानकारी दिए ।
- उक्त प्रतियोगिता जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको हो ।
- आयोजित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना पुरस्कार प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया