राजविराज÷सप्तरीमा पिकअप भ्यानले ठक्कर दिँदा बजारबाट घरतर्फ पैदल जादै गरेका एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का ५५ वर्षिय दुःखीलाल लेखीको स.१च. १६८३ नं को पिकअप भ्यानले ठक्कर दिँदा शुक्रबार राती उपचारका क्रममा मृत्यु भएको हो ।
साँझ ५ बजेतिर बजारको काम सकेर घरतर्फ पैदलै जाँदै गरेका लेखीलाई पूर्वपश्चिम लोकमार्गमा पर्ने उक्त गाउँपालिकाको वडा नं. ६ रतवाला सडकखण्डमा तिब्रगतिमा आउँदै गरेको पिकअप भ्यानले ठक्कर दिएको थियो ।
सो क्रममा ठक्कर दिएको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमै पल्टिएको थियो । गम्भिर घाइते भएका लेखीलाई स्थानिय धर्मेश्वर अस्पतालमा भर्ना गरिए पनि अवस्था जटि बन्दै गएपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा उपचारकै क्रममा राती ८ बजेतिर उनको मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा चालु आ.ब. २०७८÷७९ को हालसम्ममा भएको सवारी दुर्घटनामा ८ पुरुष, दुई महिला र एक बालकगरि ११ जनाले ज्यान गुमाइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
सारांश
- सो क्रममा ठक्कर दिएको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमै पल्टिएको थियो ।
- गम्भिर घाइते भएका लेखीलाई स्थानिय धर्मेश्वर अस्पतालमा भर्ना गरिए पनि अवस्था जटि बन्दै गएपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा उपचारकै क्रममा राती ८ बजेतिर उनको मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
- ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया