दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
आठौं संविधान दिवसको अवसरमा दलित सरोकार मञ्च नेपाल, कञ्चनरुपले आयोजना गरेको ‘संविधान दिवसको अवसरमा, दलित समुदायको संबैधानिक अधिकार कार्यान्वयनको अवस्था र भागी कार्यदिशा’ विषय अन्तरक्रियाको आयोजना गरेको छ ।
अयोजित कार्यक्रमका वक्ताहरुले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूलाई एकजुट भएर अवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा समाजिक अभियन्ता भोला पासवानले संविधान निर्माण भएको ८ वर्ष बितिसक्दा पनि दलित समुदायका मौलिक हक, अधिकार कार्यान्वयन गर्नेसम्बन्धी कानून बन्न नसकेको बताए । उनले संविधान र कानुनले दलित समुदायलाई दिएको अधिकारहरूको बारेमा सो समुदायलाई जागृत गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “पहिलो कुरा संविधान र कानुनले दिएका कुराहरूलाई नागरिकको तहसम्म स्थापित गर्ने तथा विभेदका विरुद्ध लड्न मिल्छ, लड्न पाइन्छ हाम्रो संविधान र कानूनले प्रोत्साहित गर्छ भन्ने कुरा पनि कतिलाई थाहा छैन ।”
दलित संयुक्त संर्घष समिति कञ्चनरुप नगरपालिका संयोजक रामदेश शर्माले दलित समुदायलाई संवैधानिक र कानूनी साक्षरता अति आवश्उक रहेको बताए । समाजमा दलित समुदाय सबैभन्दा तल रहेको भन्दै उनले सो समुदायलाई माथि ल्याउनेर्फ राज्यले गरेको संवैधानिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
दलित समुदायको आर्थिक, सामाजिक रुपान्तरण र सबैतिर सहज सहभागिताका लागि राजनीतिक दलहरूले अगुवाइ गर्नुपर्ने दलित अधिकारकर्मी जीवछ सरदारले बताए । दलित समुदायका बालबालिकालाई शिक्षा, रोजगारी, उपचार, राज्यको संयन्त्रमा प्रतिनिधित्व, भूमिहीन र आवासहिनलाई भूमि र आवासको व्यवस्था जस्ता कुराहरू संविधानमा उल्लेख भएपनि त्यसको कार्यान्वयन नभएको उनको भनाई थियो ।
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
सारांश
- अयोजित कार्यक्रमका वक्ताहरुले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूलाई एकजुट भएर अवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।
- कार्यक्रममा समाजिक अभियन्ता भोला पासवानले संविधान निर्माण भएको ८ वर्ष बितिसक्दा पनि दलित समुदायका मौलिक हक, अधिकार कार्यान्वयन गर्नेसम्बन्धी कानून बन्न नसकेको बताए ।
- उनले संविधान र कानुनले दलित समुदायलाई दिएको अधिकारहरूको बारेमा सो समुदायलाई जागृत गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया