सबल नेपालले दर खाने कार्यक्रम मनायो

राजविराज राजविराज
|
बुधबार, भाद्र २७, २०८०
|
|
५१ पटक हेरिएको
Shares
सबल नेपालले दर खाने कार्यक्रम मनायो

सारांश

  •     राजबिराजस्थित सबल नेपालको केन्द्रीय कार्यालयमा आफ्ना महिला कर्मचारी तथा पदाधिकारीहरुका लागि दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
  •     सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा संस्थाका पदाधिकारी तथा महिला कर्मचारीहरूको सहभागितामा धुमधामका साथ दर खाई नाचगानसहित कार्यक्रम मनाइएको छ ।
  •       सो अवसरमा अध्यक्ष गिरीले हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकाले दरमा खिर, हलुवा, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरेको बताईन ।

दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।

    सबल नेपाल नामक गैरसरकारी संस्थाले हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड तिजको अवसरमा बुधबार दर खाने कार्यक्रमको आयोजना गरेको छ । 
    राजबिराजस्थित सबल नेपालको केन्द्रीय कार्यालयमा आफ्ना महिला कर्मचारी तथा पदाधिकारीहरुका लागि दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
    सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा संस्थाका पदाधिकारी तथा महिला कर्मचारीहरूको सहभागितामा धुमधामका साथ दर खाई नाचगानसहित कार्यक्रम मनाइएको छ । 
    सो अवसरमा अध्यक्ष गिरीले हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकाले दरमा खिर, हलुवा, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरेको बताईन ।
    धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहिआएको अध्यक्ष जुनाको भनाई छ ।
    यस पालि दर खाने दिन भदौ ३१ गते रहेको छ भने असोज १ गते हरितालिका तिज परेको छ ।
    सो अवसरमा सबल नेपालका निर्देशक दिपक झा, संस्थापक सदस्य आयुष श्रेष्ठ, परमेश्वर झा, अशोक साह, पत्रकार चन्दन यादब लगायत पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
विद्यालयका छात्राहरुलाई व्याग वितरण
विद्यालयका छात्राहरुलाई व्याग वितरण
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु
जाहेरी फिर्ता गर्दै एसपीले अभद्र व्यबहार गरेको आरोप
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै