रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने

राजविराज राजविराज
|
शनिबार, आषाढ २२, २०८१
|
|
३६ पटक हेरिएको
Shares
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने

सारांश

  •     कार्यक्रममा सरकारले यसअघि दिएको बजेट विभिन्न कारणले फ्रिज हुन गएको बताउँदै प्रा.
  • डा.
  • चौधरीले यसपल्ट आफ्नो कार्यकालमा प्रारम्भिक कामका लागि ४० करोड ५० लाख ५५ हजार बजेट प्राप्त भएको जानकारी सहित अब कुनै पनि हालतमा निर्माण कार्य नरोकिने प्रतिबद्धता जनाए ।

    राजविराज÷रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यक काम आगामी असोजदेखी प्रकृयागत रुपमा सुरु हुने भएको छ । 
    प्रतिष्ठानको तेश्रो वार्षिकी शिलान्यास समारोहको अवसर पारेर शनिबार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पशुपति चौधरीले सो जानकारी दिएका हुन् । 
    शिलान्यास गरेको तीन वर्ष पूरा भएपनि अलपत्र छाडिएको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अब तिब्र गतिमा अघि बढाइने भएको हो । 
    कार्यक्रममा सरकारले यसअघि दिएको बजेट विभिन्न कारणले फ्रिज हुन गएको बताउँदै प्रा.डा. चौधरीले यसपल्ट आफ्नो कार्यकालमा प्रारम्भिक कामका लागि ४० करोड ५० लाख ५५ हजार बजेट प्राप्त भएको जानकारी सहित अब कुनै पनि हालतमा निर्माण कार्य नरोकिने प्रतिबद्धता जनाए । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।
    प्रतिष्ठानको तेश्रो वार्षिकी शिलान्याश समारोहका अवसर पारेर रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिद्वारा शनिवार नै नगरमा ‘स्वास्थका लागि दौड” नारा सहित म्याराथुन, गजेन्द्र नारायण सिंह अस्पतालमा सरसफाई, विरामीहरुलाई फलफुल वितरण तथा प्रतिष्ठान निर्माणस्थलमा दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना समेत गरिएको छ ।        कार्यक्रममा सहभागि सरोकारवालाहरुले प्रतिष्ठान निर्माण कार्यमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीण, निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादव, गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेसु डा. मुरली प्रसाद सिंह, जसपा नेता दिनेश यादव, नेकपा माओवादी केन्द्रका नेता सुभाश यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमण साह, निजामति कर्मचारीहरुको आधिकारी ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय झा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतले प्रतिष्ठान स्थापनाले सप्तरीवासी मात्र नभई मधेश प्रदेश, कोशी प्रदेश र सीमावर्ती भारतीय क्षेत्रका वासिन्दा समेत लाभान्वित हुने भन्दै प्रतिष्ठान निर्माण कार्यमा आ आफ्ना क्षेत्रबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 
    बि.स. २०७८ जेठ २१ गतेको मन्त्रीपरिषद्को बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० बिरौलस्थित ६२ विगहा जग्गा प्रतिष्ठानका नाममा दिने निर्णय गरेपछि २०७८ असार २२ गते आजकै दिन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । 
    तर, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा पदाधिकारी र कर्मचारीको नियुक्ति समयमै हुन नसक्दा प्राप्त बजेट पनि फ्रिज हुनुका साथै निर्माण कार्य रोकिएको थियो । प्रतिष्ठान निर्माण स्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु पस्केही काम हालसम्म भएको छैन् । 
    प्रतिष्ठान निर्माण स्थल यसरी वेवारिसे अवस्थामा रहँदा स्थानीयले गत असोज २६ गतेदेखी प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न माग गर्दै सय दिनसम्म रिले अनशन नै बसेका थिए । त्यसपश्चात् सरकारले प्रतिष्ठान निर्माणमा चासो देखाउँदै प्रतिष्ठानमा रिक्त रहेको अध्यक्ष पदमा डा. चौधरी र कार्यकारी निर्देशकमा डा. नागेन्द्र प्रसाद यादवलाई डेढ महिना अघि मात्र नियुक्त गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
हात्तिले आधा दर्जन बढी घर भत्कायो
हात्तिले आधा दर्जन बढी घर भत्कायो
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु