फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान

राजविराज राजविराज
|
बुधबार, माघ ८, २०७६
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित फ्रोसेन्ट ज्याकेट वितरण तथा प्रसंशा पत्र वितरण कार्यक्रममा सवल नेपालका कार्यकारी निर्देशक दिपक झाले सो सामग्री हस्तान्तरण गरेका हुन ।
  •       सवल नेपालका कार्यकारी निर्देशक झाले दुर्घटना न्युनिकरणका लागि प्रहरीले चलाएको सचेतना अभियानमा थोरै भएपनि सहयोग गरेको बताउँदै संस्थाको हालै सम्पन्न १४ औं साधारण सभामा कुनै तामझाम नगरी बचाएको रकम करिब ८० हजार रुपैयाबाट सो सामग्री खरिद गरेको जानकारी दिए ।
  •     रातीको समयमा सडक डियुटीका बेला प्रहरीले उक्त ज्याकेट प्रयोग गर्दा टल्किने र टाँढैबाट चालकले थाहा पाई सचेत हुने र गति नियन्त्रण गर्ने हुँदा दुर्घटनाको जोखिम पनि कम हुने कार्यकारी निर्देशक झाले विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 
    सवल नेपालले साधारण सभाको फजुल खर्च बचाएर जम्मा भएको रकमबाट दुर्घटना न्युनिकरणका लागि प्रहरीले चलाएको अभियानलाई सहयोग गर्ने उद्देश्यले ३ सय थान फ्रोसेन्ट ज्याकेट प्रदान गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित फ्रोसेन्ट ज्याकेट वितरण तथा प्रसंशा पत्र वितरण कार्यक्रममा सवल नेपालका कार्यकारी निर्देशक दिपक झाले सो सामग्री हस्तान्तरण गरेका हुन । 
    सवल नेपालका कार्यकारी निर्देशक झाले दुर्घटना न्युनिकरणका लागि प्रहरीले चलाएको सचेतना अभियानमा थोरै भएपनि सहयोग गरेको बताउँदै संस्थाको हालै सम्पन्न १४ औं साधारण सभामा कुनै तामझाम नगरी बचाएको रकम करिब ८० हजार रुपैयाबाट सो सामग्री खरिद गरेको जानकारी दिए ।
    रातीको समयमा सडक डियुटीका बेला प्रहरीले उक्त ज्याकेट प्रयोग गर्दा टल्किने र टाँढैबाट चालकले थाहा पाई सचेत हुने र गति नियन्त्रण गर्ने हुँदा दुर्घटनाको जोखिम पनि कम हुने कार्यकारी निर्देशक झाले विश्वास व्यक्त गरे । 
    प्रहरी उपरिक्षक कृष्ण प्रसाईले उपलब्ध स्रोत साधानबाट प्रहरीले ठुलो क्षेत्रमा सुरक्षा र निगरानी गर्न समस्या भई रहेका बेला सवल नेपालले गरेको सहयोग सराहनिय रहेको बताउँदै प्राप्त सहयोग तत्कालै मातहतका सवै प्रहरी युनिटमा पठाईने जानकारी दिए । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईले संयुक्त रुपमा सो सामग्री ग्रहण गर्दै प्रहरीको दुर्घटना नियन्त्रण अभियानमा सघाएकोमा संस्था प्रति धन्यवाद र अभार व्यक्त गरे । 
    सो अवसरमा लैङ्गिक हिंसा विरुद्घको राष्ट्रिय अभियान २०७६ लगायत नेपाल प्रहरीले संचालन गरेको हिंसा न्युनिकरण तथा अपराध रोकथामका विविध कार्यक्रममा सक्रिय सहभागिता र सहयोग गरेकोमा महिला मानव अधिकार रक्षा संजालकी अगुवा अनिता देवकोटा र मनु खनाललाई प्रहरी संगठनको तर्फबाट प्रसंशा पत्र प्रदान समेत गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
महामारीका बेला अग्रपंक्तिमा काम गर्ने ४३ जना संक्रमित   
महामारीका बेला अग्रपंक्तिमा काम गर्ने ४३ जना संक्रमित   
प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार