प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद

राजविराज राजविराज
|
सोमबार, चैत्र ३०, २०८२
|
|
१३३ पटक हेरिएको
Shares
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद

सारांश

  •     नगरपालिकाको चैत २७ गते सम्पन्न १६ औं नगरपरिषद्ले बहुमतबाट हाल वडा नं.
  • १२ मा रहेको कार्यालयको प्रशासकीय भवनलाई वडा नं.
  • ५ मा पशु अस्पताल प्रयोजनका लागि बनाइएको नवनिर्मित भवनमा सार्ने निर्णय गरेपछि विवाद चलिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३० चैत ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रशासकीय भवन सार्ने बिषयमा जनप्रतिनिधिहरुबीचमै विवाद चुलिएको छ । 
    नगरपालिकाको चैत २७ गते सम्पन्न १६ औं नगरपरिषद्ले बहुमतबाट हाल वडा नं. १२ मा रहेको कार्यालयको प्रशासकीय भवनलाई वडा नं. ५ मा पशु अस्पताल प्रयोजनका लागि बनाइएको नवनिर्मित भवनमा सार्ने निर्णय गरेपछि विवाद चलिएको हो । 
    उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका एकपक्षले साविककै स्थान र भवनमा वा नयाँ भवन निर्माण गरी कार्यालय सारिनु पर्ने माग गर्दै आन्दोलन थालेका छन् । 
    यसैक्रममा सोमबार पालिकाका वडा नम्बर २, ९, १०, १२ र १३ का वडाध्यक्ष क्रमशः सन्तोष कुमार यादव, हरिशचन्द्र वर्मा, रामलखन मण्डल, श्रीचन्द्र मुखिया, कुशेश्वर यादव तथा स्थानियवासीले कार्यालय अगाडी धर्ना दिनुका साथै नगरक्षेत्रमा विरोध प्रदर्शन गर्दै बजार समेत बन्द गराए । 
    उनीहरुले नगरपालिका कार्यालयको प्रशासनिक कोठामा तालाबन्दी गरे । जसकारण कार्यालयको दैनिकी कामकाज प्रभावित बनेको थियो । तालाबन्दी गरिएको केही घण्टामै प्रहरीले उक्त ताला तोडेको नगर प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।  
    कुल १४ वटा वडा रहेको पालिकामा ५ जना वडाध्यक्षको सहमति बगैर बहुमतको आडमा मनोमानी र गोप्य ढंगले गरिएको निर्णय आफुहरुलाई कुनै पनि हालतमा स्विकार्य नभएको असंतुष्ट वडाध्यक्षहरुको अडान छ ।
    वडाध्यक्ष हरिशचन्द्र वर्माले थोरै कार्यकाल बाँकी रहेका नगरप्रमुख बिरेन्द्र माझीले हतार हतारमा आफ्नो अनुकुल निर्णय गर्न थालेको आरोप लगाए ।
    यता नगरप्रमुख विरेन्द्र माझीले बहुमत सदस्यको चाहना, सहज रुपमा सेवा प्रवाह तथा खर्च कटौती गर्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको बताएका छन् । उनले कार्यालयको आफ्नो नयाँ भवन निर्माण नभए सम्मका लागि प्रस्तावित पशु अस्पतालको नवनिर्मित भवन प्रयोग गर्ने निर्णय गरेका जनाए ।
    उनले हाल पालिकाको ३ वटा वडा कार्यालय र एउटा स्वास्थ्य चौकी भाडाको कोठामा सञ्चालनमा रहेको भन्दै ती कार्यालयहरुलाई हाल प्रयोगमा रहेको पालिकाको कार्यालयमै ल्याइ खर्च घटाउने योजना रहेको समेत सुनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 
जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड