राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०७६
|
|
३७ पटक हेरिएको
Shares
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि

सारांश

  •     राजपा नेपाल केन्द्रिय समितिको निर्देशनमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउनुका साथै ब्ल्याक आउटसहितको कार्यक्रमहरु तय गरिएको छ ।
  •       यसै क्रममा तीन दिने संविधान दिवस मनाउने क्रममा विहिबार राजपाले सप्तरीका प्रमुख बजारमा कालो झण्डा सहित प्रदर्शन, मोटरसाईकल ¥याली तथा विरोध प्रदर्शन गरेको छ ।
  •       राजविराजमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको नेतृत्वमा कालो झण्डा सहित विरोध प्रदर्शन र सभा गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 
    संविधान दिवसको अवसरमा देशभर तीन दिवसीय कार्यक्रम गरी मनाईरहदा प्रदेश २ का सत्तारुढ दल राजपा नेपालले संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै कालो दिवसको रुपमा मनाउँदै छ । 
    राजपा नेपाल केन्द्रिय समितिको निर्देशनमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउनुका साथै ब्ल्याक आउटसहितको कार्यक्रमहरु तय गरिएको छ । 
    यसै क्रममा तीन दिने संविधान दिवस मनाउने क्रममा विहिबार राजपाले सप्तरीका प्रमुख बजारमा कालो झण्डा सहित प्रदर्शन, मोटरसाईकल ¥याली तथा विरोध प्रदर्शन गरेको छ । 
    राजविराजमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको नेतृत्वमा कालो झण्डा सहित विरोध प्रदर्शन र सभा गरिएको छ । विरोध सभालाई सम्बोधन गर्दै मन्त्रीसाहले आफुहरु प्रदेशको सत्तामा रहेपनि संविधान संशोधन नभएसम्म आन्दोलनमै रहने उदघोष गर्दै संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उनको भनाई छ ।
    यता नगरमा कालो झण्डा र मोटरसाईकल ¥यालीसहित विरोध प्रदर्शन भईरहँदा राजापका कार्यकर्ताहरुले करिब आधा दर्जन सरकारी कार्यालयमा कालो झण्डा समेत झुण्डाएका छन् । राजपाका कार्यकर्ताहरुले मालपोत, विद्युत प्राधिकरण, नापी शाखा लगायतका आधा दर्जन कार्यालयमा कालो झण्डा झुण्डाएका थिए । 
    यद्दपी कालो झण्डा झुण्ड्याएको केही समय पश्चात् प्रदर्शनकारीहरु गएपछि उक्त कार्यालयहरुमा राखिएको कालो झण्डा कर्मचारीहरुले हटाएका छन् । 
    प्रदर्शनका क्रममा राजपा कार्यकर्ताहरुले सवै सरकारी कार्यालयहरुलाई संविधान दिवसमा दिपावली नगर्न र कालो झण्डा लगाउन आग्रह गर्दै हिडेका थिए । 
    प्रदर्शनपछि राजपा नेपाल सप्तरीका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा स्थानिय गजेन्द्र चौकमा आयोजित विरोध सभामा राजपाका सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले पनि बोल्दै संविधान संशोधन गरी मधेशका जायज माग सम्बोधन गरिए सम्म संविधान घोषणा भएको दिन असोज ३ लाई कालो दिवसकै रुपमा मनाई रहने उदघोष गरेका थिए । 
    यसैबीच असोज २ र ३ गते प्रचारप्रसारको लागि म्याकिंग गर्ने, २ गते बिहान ७ बजे गजेन्द्र चौकमा कालो झण्डा प्रदर्शन गर्ने, ३ गते बिहान ७ बजे सरकारी कार्यालय र चौक चौकमा कालो झण्डा गाडने र प्रदर्शन गर्ने निर्णय गर्ने राजपाका युवा नेता दिनेश कुमार यादबले जानकारी गराएका छन ।
    त्यस्तै सोही दिन साढे ११ बजेदेखी कालो झण्डासहित मोटरसाईकल ¥याली र दिउसो ३ बजे जनआन्दोलन चौकमा बिरोध सभा गर्ने कार्यक्रम रहेको अध्यक्षमण्डल सदस्य सुनिल कुमार झाले जानकारी दिए ।
    सो बिरोधका कार्यक्रमका लागि राजपाले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा कार्यक्रमका लागि जिम्मेवारी तोकेको छ । क्षेत्र नम्वर १ मा शैलेश कुमार साह, क्षेत्र नम्वर २ मा सतिशकुमार सिंह, ३ मा शिवनारायण साह र ४ मा मृगेन्द्रकुमार सिंहलाई संयोजकको जिम्मा दिएको छ । 
    यता नवगठित समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार यादवले संविधान दिवसको अवसरमा हुने औपचारिक तथा विरोधका दुवै कार्यक्रममा आप्mनो पार्टीको सहभागीता नरहने स्पष्ट पारेका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
नहरमा डुबेर एक बालकको ज्यान गयो
नहरमा डुबेर एक बालकको ज्यान गयो
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त