दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
भगवान रामको जन्मथलो भारतको अयोध्यामा सोमबार भएको प्राण प्रतिष्ठा कार्यक्रमलाई उत्सवको रुपमा सप्तरीमा पनि मनाइएको छ ।
भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर सदरमुकाम राजविराजमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । विश्व हिन्दु परिसद्, हिन्दु सम्राट सेना, हनुमान आराधना मण्डल लगायतका संघ संस्थाको अगुवाईमा बजार क्षेत्रमा स्वागत द्वार तथा प्रत्येक घर, चौक र मन्दिरहरुमा भगवान रामको चित्र अंकित झण्डा झुण्ड्याइएको छ ।
यस्तै सप्तरी युथ नेपालको आयोजनामा स्थानीय राजरंगशालामा भजन कार्यक्रम, दिप प्रज्वलन तथा साधुसन्तलाई भोजन खुवाइएको थियो । यसैगरि राजविराजस्थित भगवती मन्दिर मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।
यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइतीबाट संसारलाई भगवान श्रीरामको पौराणिक बैवाहिक सम्बन्धको संदेश दिन पनि यो दिनलाई उत्सवको रुपमा मनाइएको नगरवासीको भनाई छ ।
भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सोमबार सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन हुने भएकाले उत्सवको रुपमा मनाउन जिल्लका ८ वटा पालिकाहरुले सोमबार सार्वजनिक बिदा दिएको थियो । राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदेबरसाइन नगरपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । सोमबारै साँझ जिल्लावासीले घर घरमा दिप प्रज्वलन गरि भगवान रामको महोत्सव मनाएका छन् ।
भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रम उत्सवका साथ मनाइयो
सारांश
- भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर सदरमुकाम राजविराजमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।
- विश्व हिन्दु परिसद्, हिन्दु सम्राट सेना, हनुमान आराधना मण्डल लगायतका संघ संस्थाको अगुवाईमा बजार क्षेत्रमा स्वागत द्वार तथा प्रत्येक घर, चौक र मन्दिरहरुमा भगवान रामको चित्र अंकित झण्डा झुण्ड्याइएको छ ।
- यस्तै सप्तरी युथ नेपालको आयोजनामा स्थानीय राजरंगशालामा भजन कार्यक्रम, दिप प्रज्वलन तथा साधुसन्तलाई भोजन खुवाइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया