एकल महिलालाई सशक्तिकरण तालिम

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
एकल महिलालाई सशक्तिकरण तालिम

सारांश

  • पाँच दिनसम्म चल्ने उक्त तालिमको एक कार्यक्रमकाबीच प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले उद्घाटन गरे ।
  • दुई सय एकल महिला सहभागी रहेको तालिममा प्रमुख अतिथि गुप्ताले समाजमा एकल महिला प्रति नकारात्मक अबधारणाहरु रहेको बेला यस्तो तालिमले त्यसमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
  • “एकल महिलाहरु बडो कठिनाई र चुनौतीहरुको सामना गरि रहेका हुन्छिन, यस अवस्थामा यस्तो कार्यक्रमले एकल महिलाहरुको उत्साह बढाउन मद्दत गर्नेछ” उनले भने ।
दैनिक समाचारदाता
राजविराज, १० असार ।
महिला सशक्तिकरण गर्ने उद्देश्यले सप्तरीको कञ्चनरुप नगरपालिकामा ‘एकल महिला सशक्तिकरण तालिम’ बुधबारदेखि सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने उक्त तालिमको एक कार्यक्रमकाबीच प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले उद्घाटन गरे ।
दुई सय एकल महिला सहभागी रहेको तालिममा प्रमुख अतिथि गुप्ताले समाजमा एकल महिला प्रति नकारात्मक अबधारणाहरु रहेको बेला यस्तो तालिमले त्यसमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । “एकल महिलाहरु बडो कठिनाई र चुनौतीहरुको सामना गरि रहेका हुन्छिन, यस अवस्थामा यस्तो कार्यक्रमले एकल महिलाहरुको उत्साह बढाउन मद्दत गर्नेछ” उनले भने ।
एकल महिला आत्मनिर्भरता तथा पुनस्र्थापना केन्द्रकी अध्यक्ष जुही ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ठाकुरले एकल महिलाहरुलाई समाजको मूख्य धारामा ल्याउन केन्द्रले प्रयास गरि रहेको बताईन् । उनले केन्द्रले यस्ता कार्यक्रम अरु पालिकाहरुमा पनि गर्दै आएको जानकारी दिदै कञ्चनरुपमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको उल्लेख गरिन् ।
मैथिली साहित्य परिषद सप्तरीका पूर्व अध्यक्ष तथा यस तालिमको प्रशिक्षक समेत रहेका अधिवक्ता सतीश कुमार दत्तले कार्यक्रममा शुभकामना मनतव्य राख्दै महिलाहरु एकल हुने परिस्थितिको विभिन्न कारण रहे खुशीले कोही पनि एकल हुन नचाहेको बताए । उनले एकल महिलाको जीवन संघर्षका बेला समाजका सबै व्यक्तिले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कञ्चनरुप नगरपालिकाको सहयोगमा एकल महिला आत्म निर्भरता तथा पुनस्र्थापना केन्द्रले आयोजना गरेको तालिम पाँच दिन सम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
जनजागरण अभियान अन्तरगत ¥याली
जनजागरण अभियान अन्तरगत ¥याली
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम