दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराजमा जारी मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आईतवारको रोमाञ्चक खेलमा छिन्नमस्ता स्पोर्टस क्लब सप्तरी एक रनले विजयी भएको छ ।
स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्टस क्लबले पाहुना टोली झापाको बोस्र्टन क्रिकेट एकेडेमीलाई १ रनले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको छिन्नमस्ताले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बोस्र्टन क्रिकेट एकेडेमी झापा २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ३९ रन मात्र जोड्न सफल भए ।
उक्त खेलमा ५ विकेट लिएवापत छिन्नमस्ता स्पोर्टस क्बलका विकास दास म्यान अफ द म्याच घोषित भए ।
युवा शक्ती क्लब, विष्णृपुर सप्तरीको आयोजनामा संचालित प्रतियोगिता चार दिन सम्म चल्ने छ । प्रतियोगितामा छिमेकी राष्ट्र भारतका २, प्रदेश १ का ३, मधेश प्रदेशका १० र बागमती प्रदेशका १ टिमसहित १६ टिमको सहभागिता रहेको आयोजक समितीका अध्यक्ष इन्जिनीयर रविन्द्र यादवले जानकारी दिए ।
प्रतियोगिता अन्र्तगत सोमवारको खेल कलैया क्रिकेट क्बल (नेपाल ) तथा सहरसा क्रिकेट क्लब (भारत ) बीच हुने आयोजक समितीले जनाएको छ ।
एक रनले छिन्नमस्ता विजयी
सारांश
- स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्टस क्लबले पाहुना टोली झापाको बोस्र्टन क्रिकेट एकेडेमीलाई १ रनले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।
- टस जितेर ब्याटिङ्ग रोजेको छिन्नमस्ताले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ४० रन बनाएको थियो ।
- १ सय ४१ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बोस्र्टन क्रिकेट एकेडेमी झापा २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ३९ रन मात्र जोड्न सफल भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया