दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा सोमबार जारि आदेशमा शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर सञ्चालन गर्न भनिएको छ ।
आदेशअनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनिएको छ ।
त्यस्तै, सबै खाले परीक्षाहरु सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्न भनेको छ ।
त्यस्तै, सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य प्रकारका कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख छ ।
यसअघि सोही आदेश जिल्ला प्रशासन कार्यालयले गत फागुन ३० गते पनि जारि गरेको थियो । तर, उक्त आदेशको उल्लंघन गरिएको व्यापक जनगुनासो पश्चात् पुनः सोमबार प्रशासन कार्यालयले उक्त आदेशलाई नै जारि गर्न बाध्य भएको हो ।
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
सारांश
- प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा सोमबार जारि आदेशमा शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर सञ्चालन गर्न भनिएको छ ।
- आदेशअनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनिएको छ ।
- त्यस्तै, सबै खाले परीक्षाहरु सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्न भनेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया