प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी

राजविराज राजविराज
|
मंगलबार, भाद्र ३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी

सारांश

  • महोत्तरीको बर्दिवासमा मंगलबार मधेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयद्वारा आयोजित “सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी” अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।
  •   अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका पक्षमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे ।
  •   गृहमन्त्री लेखीले सूचनाको हकलाई प्रत्येक नागरिकको मौलिक अधिकारको रूपमा चिनाउँदै भने, ‘सूचनाको हकले नागरिकलाई सुसूचित, सचेत र जिम्मेवार बनाउने मात्र नभई लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउने आधार तयार गर्छ ।

दैनिक समाचारदाता
बर्दिवास, ३ भदौ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर रहेको बताएका छन् । 
महोत्तरीको बर्दिवासमा मंगलबार मधेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयद्वारा आयोजित “सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी” अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् । 
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका पक्षमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे । 
गृहमन्त्री लेखीले सूचनाको हकलाई प्रत्येक नागरिकको मौलिक अधिकारको रूपमा चिनाउँदै भने, ‘सूचनाको हकले नागरिकलाई सुसूचित, सचेत र जिम्मेवार बनाउने मात्र नभई लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउने आधार तयार गर्छ ।’
सूचनाको हकलाई लोकतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरी पारदर्शिता, सुशासन र सभ्य समाज निर्माण सम्भव नहुने उनले स्पष्ट पारे ।
उनले आमनागरिकलाई सुसूचित नगरी शासन प्रणाली चुस्त र दुरुस्त नहुने भन्दै सूचनाको हकलाई व्यवहारमा लागू गर्न राज्यका सबै तह र निकाय जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिए ।
पत्रकारिताको भूमिका बारे चर्चा गर्दै गृहमन्त्री लेखीले सञ्चारकर्मीलाई सत्य, तथ्य र जिम्मेवार पत्रकारिता गर्न आह्वान गर्दै उनले भने, ‘कपी–पेस्ट पत्रकारिताले पत्रकारिताको गरिमा घटाउँछ । सच्चा पत्रकारिताले मात्र लोकतन्त्रलाई मजबुत बनाउँछ ।’
उनका अनुसार पत्रकारिता सूचनाको हकको अभिन्न अङ्ग हो र यसले जनतालाई सुसूचित बनाउने कार्यमार्फत शासन प्रणालीलाई जवाफदेही बनाउने काम गर्छ ।
उनले विकास निर्माणका नाममा गाउँगाउँमा गठन हुने उपभोक्ता समितिहरूको प्रक्रियामा समेत पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै त्यसबारे जानकारी दिनु राज्यका निकायहरूको दायित्व भएको बताए । 
उनले राजनीतिक दल, राष्ट्रसेवक, सुरक्षाकर्मी, न्यायालय र निर्वाचित जनप्रतिनिधिहरू सबै मिलेर सूचनाको हकलाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्दै जबसम्म यी अंगहरू इमान्दार र जिम्मेवार हुँदैनन् तबसम्म सूचनाको हक प्रभावकारी बन्न नसक्ने धारणा राखे ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न