दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ

राजविराज राजविराज
|
सोमबार, आषाढ ६, २०७९
|
|
६१ पटक हेरिएको
Shares
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं.
  • ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् ।
  •       उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    दोश्रो विवाहको तयारीमा लागेका एक यूवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् । 
    उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् । 
    श्रीमानले घरमा बस्न नदिएको, खान लगाउन नदिएको, कुटपिट गर्ने गरेको तथा दोश्रो विहे गर्न लागेको भन्दै श्रीमती काजलले प्रहरीमा दिएको उजुरीको आधारमा पक्राउ गरेको डिएसपी काफ्लेले बताए ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी काजलको ६ वर्षअघि फुलकुमारसँग विवाह भएको थियो । उनीहरुको चार वर्षीया एक छोरी छिन् । 
    फुलकुमार दोश्रो विवाहका लागि गाउँबाट जन्ती लिएर सीमावर्ती भारतको मधुवनी जिल्ला औरहा ग्रामपञ्चायत जाने तयारी गरिरहेकै बेला सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । छोरीका बाबु फुलकुमारले केटीपक्षतिर आफू अविवाहित भएको भनी मागि विवाह गर्न जन्ती लिएर जाने तयारीमा थिए । 
    विहेको ६ वर्ष बितिसक्दा पनि फुलकुमारले काजलको विवाह दर्ता नगराइदिएको तथा नागरिकता समेत बनाइ दिन आलटाल गर्दै आएका थिए । काजलले पति फुलकुमार र सासु, सासुराले १० लाख नगद वा गाउँकै १० कठ जग्गा थप दाइजो रुवरुप आमाबुबासँग मागेर ल्याउन दबाब दिदै आएको बताइन् । 
    यता घटनापछि फुलदेवलाई हिरासतमा राखएको र दुबै पक्षका अभिभावकलाई सँगै राखेर छलफल चलाइएको डिएसपी काफ्लेले जानकारी दिँदै दुबै पक्ष बीच कुरा नमिले कानुन अनुसार अघि बढ्ने समेत बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
उपनिर्वाचन परिणामले देखाएका संकेत
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश