दैनिक समाचारदाता
राजविराज, ६ असार ।
दोश्रो विवाहको तयारीमा लागेका एक यूवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् ।
उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् ।
श्रीमानले घरमा बस्न नदिएको, खान लगाउन नदिएको, कुटपिट गर्ने गरेको तथा दोश्रो विहे गर्न लागेको भन्दै श्रीमती काजलले प्रहरीमा दिएको उजुरीको आधारमा पक्राउ गरेको डिएसपी काफ्लेले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी काजलको ६ वर्षअघि फुलकुमारसँग विवाह भएको थियो । उनीहरुको चार वर्षीया एक छोरी छिन् ।
फुलकुमार दोश्रो विवाहका लागि गाउँबाट जन्ती लिएर सीमावर्ती भारतको मधुवनी जिल्ला औरहा ग्रामपञ्चायत जाने तयारी गरिरहेकै बेला सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । छोरीका बाबु फुलकुमारले केटीपक्षतिर आफू अविवाहित भएको भनी मागि विवाह गर्न जन्ती लिएर जाने तयारीमा थिए ।
विहेको ६ वर्ष बितिसक्दा पनि फुलकुमारले काजलको विवाह दर्ता नगराइदिएको तथा नागरिकता समेत बनाइ दिन आलटाल गर्दै आएका थिए । काजलले पति फुलकुमार र सासु, सासुराले १० लाख नगद वा गाउँकै १० कठ जग्गा थप दाइजो रुवरुप आमाबुबासँग मागेर ल्याउन दबाब दिदै आएको बताइन् ।
यता घटनापछि फुलदेवलाई हिरासतमा राखएको र दुबै पक्षका अभिभावकलाई सँगै राखेर छलफल चलाइएको डिएसपी काफ्लेले जानकारी दिँदै दुबै पक्ष बीच कुरा नमिले कानुन अनुसार अघि बढ्ने समेत बताए ।
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं.
- ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् ।
- उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया