भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह

राजविराज राजविराज
|
बुधबार, भाद्र १, २०७९
|
|
२३ पटक हेरिएको
Shares
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह

सारांश

  •     नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बुधबार आफ्नै सभाकक्षमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •       उनले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा रणनीति तयार गर्न प्रहरीले ध्यान केन्द्रीत गरेको बताए ।
  • प्रत्येक नागरिकको मतको सदुपयोग गर्न र मतदान स्थलमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी आवश्यक रणनीती बनाउनमा जुटेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १ भदौ । 

    नेपाल प्रहरीका महानिरिक्षक (आइजिपि) धीरज प्रताप सिंहले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै प्रहरीले भयरहित, मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनेतर्फ सम्पुर्ण ध्यान केन्द्र्रित गरेको बताएका छन् । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बुधबार आफ्नै सभाकक्षमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
    उनले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा रणनीति तयार गर्न प्रहरीले ध्यान केन्द्रीत गरेको बताए । प्रत्येक नागरिकको मतको सदुपयोग गर्न र मतदान स्थलमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी आवश्यक रणनीती बनाउनमा जुटेको उनको भनाई छ । 

    शान्ति सुरक्षालाई ब्यवस्थित र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारको पनि उत्तिकै भुमिका रहने जिकिर गर्दै उनले सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए । 
    एक अर्को प्रसङ्गमा महानिरिक्षक सिंहले तस्करीमा प्रहरीको संलग्नता नरहेको दाबी गर्दै यस्तो पाईए विभागीय कारवाही हुने प्रतिबद्धता समेत जनाए । तस्करी लगायत विभिन्न वेथिती नियन्त्रणमा प्रेस जगतको ठुलो भुमिका रहने भन्दै उनले वास्तविकतामा आधारित समाचार सम्प्रेसनका लागी संचारकर्मीहरु समक्ष आग्रह समेत गरे । 
    पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवणकुमार देवको अध्यक्षता आयोजित कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख मसाउद आलम खाँ, बरिष्ठ प्रहरी उपरिक्षक दान बहादुर कार्की, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, समाज सेवी अमरचन्द्र अनिल लगायतको पनि उपस्थिती रहेको थियो । 
    सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष देवले प्रहरी महानिरिक्षक सिंहलाई मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष बैद्यनाथ यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम कार्यसमितिका सदस्य विद्यानन्द रामले संचालन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अदालत भित्रै पाकेटमारी
अदालत भित्रै पाकेटमारी
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि