दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरी तिलाठी कोईलाडी गाँउपालिका वडा नं. १ स्थित खाडो खोला स्थितसडकमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको प्रहरी टोलिले २ लाख १२ हजार भारतीय नोटसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
चेकजाँज गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिडदै आउदै गरेको भारतको बिहार राज्य अन्तरगत मधेपुरा जिल्ला ग्रामपंचायत रायभिर वडा नं. १५ थाना बसन्तपुर घर भएका ४१ वर्षका बिधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा उनका साथबाट २ हजारको ४ थान, ५ सयको ३ सय ८८ थान र २ सयको ५० थान गरी जम्मा २ लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता प्रहरीले भारतिय रुपैयासहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।
दुई लाख भन्दा बढी भारतीय नोटसहित एक पक्राउ
सारांश
- चेकजाँज गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिडदै आउदै गरेको भारतको बिहार राज्य अन्तरगत मधेपुरा जिल्ला ग्रामपंचायत रायभिर वडा नं.
- १५ थाना बसन्तपुर घर भएका ४१ वर्षका बिधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो ।
- चेकजाँच गर्ने क्रममा उनका साथबाट २ हजारको ४ थान, ५ सयको ३ सय ८८ थान र २ सयको ५० थान गरी जम्मा २ लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया