दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरणका लागी सिफारिश प्रणाली सम्बन्धि निर्देशिका २०८२ सप्तरीको दुई पालिकाले पारित गरेको छ ।
आईतवार राजविराज नगरपालिका र महादेवा गाउँपालिकाले उक्त निर्देशिका सर्वसम्मतले पारित गरेको हो । तीन दिन लगातारको बैठक र छलफल पश्चात् उक्त निर्देशिका पारिता भएको जनाइएको छ ।
महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग र राजविराज नगरपालिका तथा महादेवा गाउँपालिकाको आयोजनामा आ–आप्mनै पालिका कार्यालयमा आयोजित सरोकारवाला सहितको बैठकले उक्त निर्देशिका पारित गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागी स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रम ३ दिन सम्म चलेको र आईतवार दुबै पालिका बैठकबाट स्वीकृत भई लागु समेत भएको विदेह फाउडेशनका सप्तरी जिल्ला संयोजक रुवी मिश्राले जानकारी दिईन ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरण र सम्बोधनका लागी सिफारिश सम्बन्धि निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरे संगै लागु भएको भन्दै अब प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताईन ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डलले पालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रभावित व्यक्तीलाई तत्काल न्याय दिलाउन पारित निर्देशिकाले ठुलो सहयोग पु¥याउने बताइन ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व सांसद रञ्जु ठाकुरले स्थानीय स्तरमा हुने पीडित पक्षलाई छिटो, छरितो र सहज न्याय दिलाउन निर्देशिकाले बल प्रदान गर्ने बताइन ।
उक्त कार्यक्रम असोज २७ र २८ गते क्रमशः तिलाठी र छिन्नमस्ता गाउँपालिकामा संचालन हुने कार्यक्रम समन्वयकर्ता विदेह फाण्डेशनले जनाएको छ । महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रभावित ब्यक्तीहरुलाई सेवा प्रदायकबाट अन्य समबन्धित सेवा प्रदायकमा पठाई समय मै उचित र प्रभावकारी सेवा प्रदान गर्न सिफारिस प्रणाली सम्बन्धि निर्देशिका तयार पारिएको जनाइएको छ ।
दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
सारांश
- आईतवार राजविराज नगरपालिका र महादेवा गाउँपालिकाले उक्त निर्देशिका सर्वसम्मतले पारित गरेको हो ।
- तीन दिन लगातारको बैठक र छलफल पश्चात् उक्त निर्देशिका पारिता भएको जनाइएको छ ।
- महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग र राजविराज नगरपालिका तथा महादेवा गाउँपालिकाको आयोजनामा आ–आप्mनै पालिका कार्यालयमा आयोजित सरोकारवाला सहितको बैठकले उक्त निर्देशिका पारित गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया