दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरीको पूर्वी भेगमा जंगली हात्तिको आंतकले गर्दा स्थानियहरु निकै त्रसित बनेका छन् ।
शनिबारराती जंगली हात्तीको एक समूहले कञ्चनरुप ७ बलुवा सितापुरमा एक जनाको घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ती पाँच वटा जंगली हात्तिको समूहले शनिवार राति ८ स्थानिय दामोदर महतोको घर, गाई गोठ र पूजाघर समेत भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
त्यस्तै सोही स्थानका किसान जगतराज महतोको बारीमा लगाएको तरकारी खेती समेत हात्तिले कुल्चेर नष्ट गरेको छ ।
यसअघि मात्र शनिवार दिउँसो कञ्चनरुप नगरपालिका वडा नं. १२ श्रावणपुर बस्ने अन्दाजी ७५ वर्षीय सनमान भुजेल जंगली हात्तीको आक्रमण परी घाइते भएका थिए ।
आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा भुजेललाई अचानक जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको हो ।
उनलाई स्थानिय स्वास्थ्य चौकी कंचनपुरमा उपचार गराई थप उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर तर्फ लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
सारांश
- शनिबारराती जंगली हात्तीको एक समूहले कञ्चनरुप ७ बलुवा सितापुरमा एक जनाको घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
- कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ती पाँच वटा जंगली हात्तिको समूहले शनिवार राति ८ स्थानिय दामोदर महतोको घर, गाई गोठ र पूजाघर समेत भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
- त्यस्तै सोही स्थानका किसान जगतराज महतोको बारीमा लगाएको तरकारी खेती समेत हात्तिले कुल्चेर नष्ट गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया