दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरीको पूर्वी भेगमा जंगली हात्तिको आंतकले गर्दा स्थानियहरु निकै त्रसित बनेका छन् ।
शनिबारराती जंगली हात्तीको एक समूहले कञ्चनरुप ७ बलुवा सितापुरमा एक जनाको घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ती पाँच वटा जंगली हात्तिको समूहले शनिवार राति ८ स्थानिय दामोदर महतोको घर, गाई गोठ र पूजाघर समेत भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
त्यस्तै सोही स्थानका किसान जगतराज महतोको बारीमा लगाएको तरकारी खेती समेत हात्तिले कुल्चेर नष्ट गरेको छ ।
यसअघि मात्र शनिवार दिउँसो कञ्चनरुप नगरपालिका वडा नं. १२ श्रावणपुर बस्ने अन्दाजी ७५ वर्षीय सनमान भुजेल जंगली हात्तीको आक्रमण परी घाइते भएका थिए ।
आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा भुजेललाई अचानक जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको हो ।
उनलाई स्थानिय स्वास्थ्य चौकी कंचनपुरमा उपचार गराई थप उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर तर्फ लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
सारांश
- शनिबारराती जंगली हात्तीको एक समूहले कञ्चनरुप ७ बलुवा सितापुरमा एक जनाको घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
- कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ती पाँच वटा जंगली हात्तिको समूहले शनिवार राति ८ स्थानिय दामोदर महतोको घर, गाई गोठ र पूजाघर समेत भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ ।
- त्यस्तै सोही स्थानका किसान जगतराज महतोको बारीमा लगाएको तरकारी खेती समेत हात्तिले कुल्चेर नष्ट गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया