पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 

राजविराज राजविराज
|
बुधबार, मंसिर १७, २०८२
|
|
१८ पटक हेरिएको
Shares
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 

सारांश

  •     तालिममा प्रशिक्षक जिवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारेमा सहभागिहरुलाई जानकारी दिए ।
  •     उनले अहिलेको युगमा एआईलाई वेवास्ता गरेर पत्रकरिता अगाडी बढ्न नसक्ने भएकाले यसको सही प्रयोगबारे पत्रकारहरु जानकारी हुनु आवश्यक रहेको बताए ।
  •     पत्रकारिताको स्वरुप बदलिदै जाने भएकाले सोही अनुसार आफुमा पनि क्षमताको विकास गर्न तालिममा सहभागी पत्रकारहरुलाई आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।

    आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा बुधबार राजविराजमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
    तालिममा प्रशिक्षक जिवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारेमा सहभागिहरुलाई जानकारी दिए ।
    उनले अहिलेको युगमा एआईलाई वेवास्ता गरेर पत्रकरिता अगाडी बढ्न नसक्ने भएकाले यसको सही प्रयोगबारे पत्रकारहरु जानकारी हुनु आवश्यक रहेको बताए ।
    पत्रकारिताको स्वरुप बदलिदै जाने भएकाले सोही अनुसार आफुमा पनि क्षमताको विकास गर्न तालिममा सहभागी पत्रकारहरुलाई आग्रह गरे ।
    अहिले फेक समाचार, भिडियो, फोटोहरु तयार गरी भ्रम फैलाउने कार्य भईरहेकोले एआई सम्बन्धि आचारसंहिता लागु गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।
    अर्का प्रशिक्षक प्रकाश मैनालीले प्रविधीको प्रयोग संगै साईवर अपराधबाट बच्न विभिन्न उपायहरुबारे जानकारी गराउँदै आवश्यक सुझाव समेत संकलन गरेका थियो ।
    आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित तालिमको उद्घाटनसत्र सहभागिहरुलाई प्राधिकरणका सदस्य नवीनकुमार गुप्ताले स्वागत गरेका थिए । 
    कार्यक्रममा आमसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्षहरु वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्याशशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिलकुमार अनल, महासंघका उपाध्यक्ष रामनारायण विश्वास सहितकाले एआई प्रविधिको सदुपयोग र दुरुपयोग बारे आ–आफ्नो धारणा राखेका थिए । तालिममा सप्तरीका ५० जना भन्दा बढी पत्रकार सहभागी रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
सप्तरीको दुई वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित