दैनिक समाचारदाता
जनकपुरधाम, २१ जेठ ।
सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख, प्रसार र पीडितको न्यायकालागि काम गर्दै आएका मनोहर पोखरेल आइतबार जनकपुरमा पुरस्कृत भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले प्रंशसापत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहि¥याएर सम्मान गरेका हुन् ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको काठमाडौंमा विमोचन र सबै प्रदेशको राजधानीमा पुस्तक सार्वजनिकरण भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको थियो ।
सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख र प्रसारको काम गर्दै आएका पोखरेल चारपटक महिनाको उत्कृष्ट प्रतिनिधिबाट समेत पुरस्कृत भइसकेका छन् ।
२०७६ सालदेखि सुरु भएको महिनाको उत्कृष्ठ पुरस्कारमा चार पटक पुरस्कार प्राप्त गरिसकेका पोखरेल मानवअधिकारका समसामयिक विषय र आधारभूततहका मानिसहरूको अधिकारका सवालमा कलम चलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालतगर्दै आएका छन् ।
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
सारांश
- कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा.
- कुन्दन अर्यालले प्रंशसापत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहि¥याएर सम्मान गरेका हुन् ।
- नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको काठमाडौंमा विमोचन र सबै प्रदेशको राजधानीमा पुस्तक सार्वजनिकरण भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया