मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान

राजविराज राजविराज
|
बुधबार, पौष २९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान

सारांश

  •     एक सेवाग्राही गत मंसिर २३ गते देखी आफ्नो जग्गा दृष्टिबन्धक गराउन उक्त कार्यालय धाइरहेका छन् ।
  • तर, पुसको २९ गतेसम्ममा पनि उनको सो काम हुनसकेको छैन् ।
  • बैंकमा जग्गा राखेर ऋण लिनका लागि उनी झण्डै डेढ महिनादेखी मालपोत कार्यालय धाइरहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
    जिल्लामा एउटा यस्तो सरकारी कार्यालय छ जसमा सेवाग्राहीलाई आप्mनो काम गराउन महिनौं लाग्दछ । उक्त सरकारी कार्यालय हो यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालय । 
    एक सेवाग्राही गत मंसिर २३ गते देखी आफ्नो जग्गा दृष्टिबन्धक गराउन उक्त कार्यालय धाइरहेका छन् । तर, पुसको २९ गतेसम्ममा पनि उनको सो काम हुनसकेको छैन् । बैंकमा जग्गा राखेर ऋण लिनका लागि उनी झण्डै डेढ महिनादेखी मालपोत कार्यालय धाइरहेका छन् । उनको कहिले कागजात हराउने र कहिले कागजात नै अपुग भएको भन्दै कर्मचारीहरु पटक पटक थर्काउने गरेका छन् । यति मात्र नभएर दिनहुँ कुनै नयाँ नयाँ बहाना बनाएर आफूहरुलाई फर्काउने गरेको अधिकांश सेवाग्राहीहरुको गुनासो छ ।
    ६स्    यस्तै अर्का सेवाग्राही झण्डै एक वर्षदेखी आफ्नो जग्गा नामसारी गराउन धाइरहेका छन् । उनी हुन् शम्भुनाथ नगरपालिकाका सत्यनारायण चौधरी । उनी भन्छन्– विगत एक वर्षदेखी जग्गा नामसारीका लागि धाउँदा धाउँदा हैरान छु, तर अहिलसम्म काम भएको छैन् । उनले थपे, पटक पटक यहाँका कर्मचारीले विभिन्न वहाना देखाउँदै कामै नगरि थर्काउने गरेका छन् । जग्गा नामसारी गराउन दुबै पक्षको अनिवार्य उपस्थिती आवश्यक छ । पाँच पटक दुबै पक्ष मालपोत कार्यालय आउँदा पनि जग्गा नामसारी कुनै न कुनै बहानामा टार्दै गएको गुनासो पनि चौधरीले गरेका छन् । 
    बाध्य भएर संचारकर्मीको सम्पर्कमा आएका उनले मालपोत कार्यालयमा बुझाउनु पर्ने वडाको सिफारिसको ३५ दिने म्याद दुई पटक गुज्रिसकेको तथा तेश्रो पटक पुनः सिफारिसका लागि आफू दौडिरहेको दुखेसो समेत सुनाएका छन् । 
    यस्तो समस्याबाट पीडित चौधरी एउटा मात्र प्रतिनिधि पात्र होइन् । यस्तो समस्याबाट सयौं सेवाग्राहीहरु पीडित रहेका छन् । मालपोतको कछुवातालले काम गर्ने शैलीबाट यहाँका सेवाग्राहीहरु निकै मारमा परेको भन्दै अविलम्ब सरल र सहज ढंगबाट सेवा प्रवाहा गर्न व्यवस्था मिलाउन स्थानियले माग गरेका छन् । 
    यता मालपोत कार्यालयका एक जिम्मेवार कर्मचारीले कर्मचारीको अभावका कारण यस्तो समस्या देखिएको लाचारी सुनाएका छन् । उनले यस सन्दर्भमा सेवाग्राहीबाट गुनासो आइरहेको र यसको व्यवस्थापनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन् । 
    श्रोतका अनुसार नजराना लिई पुग्ने गरेका सेवाग्राहीहरुको काम छिटो छरितो ढंगले हुने तथा नजराना नदिने सेवाग्राहीको काम विभिन्न वहानामा कर्मचारीहरुले अड्काउने गरेको छ । 
    अर्कोतिर कोरोनाको जोखिम कायर्मै रहेको अवस्थामासो कार्यालयमा स्वास्थ्य मापदण्डको कुनै पालना गरेको पाइएको छैन् । कार्यालय समयमा अत्याधिक भिडभाड हुने गरेपनि स्वास्थ्य सुरक्षा, सतर्कता तथा भिड व्यवस्थापनको कुनै व्यवस्था कार्यालय परिसरमा देखिदैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
कठ्याग्रिएर मृत्यु भएका सदाको घरमा प्रदेशसभा सदस्य
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?