सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
४० पटक हेरिएको
Shares
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६

सारांश

  •     पछिल्लो पटक सप्तरीको तिरहुत गाउँपालिकाका ३ र छिन्नमस्ता गाउँपालिकाका ५ गरि ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
  •     यस्तै कोरोनाबाट निको हुनेको संख्या ९६ पुगेको छ ।
  • पछिल्लो पटक बिहीबार ५ जना कोरोनाबाट निको भई डिस्चार्ज भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    सप्तरीमा बिहीबार ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ८ पुगेको छ । यसअघि बुधबार ६ जना संक्रमित फेला परेको भनिएकोमा दुई जनाको दोहोरिएर रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् । 
    पछिल्लो पटक सप्तरीको तिरहुत गाउँपालिकाका ३ र छिन्नमस्ता गाउँपालिकाका ५ गरि ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
    यस्तै कोरोनाबाट निको हुनेको संख्या ९६ पुगेको छ । पछिल्लो पटक बिहीबार ५ जना कोरोनाबाट निको भई डिस्चार्ज भएका छन् ।
    जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । 
    यसैबीच बिहीबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ५० जना रहेको तथा मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ