दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 

राजविराज राजविराज
|
बिहिबार, माघ २५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 

सारांश

  •     राजविराजको मुटु मानिने गजेन्द्र चौक, हटिया लाइन, अदालत रोड, प्रशासन रोड, कपडा लाइन, सिरहा रोड लगायतका क्षेत्रमा बुधबारदेखी सरसफाई नहुँदा बटुवाहरु नाक थुनेर आवत जावत गर्न बाध्य छन् ।
  •       यता फोहर सडकमै थुप्रिएपछि नगर दुर्घन्धित बन्दै गएको छ ।
  • बटुवा मात्र नभएर सवारीसाधनहरु पनि त्यही फोहरको थुप्रोलाई कुल्चिएर गनतव्यतर्फ गइरहेका छन् ।

नवीनकुमार गुप्ता
राजविराज, २५ माघ । 

    राजविराज नगरपालिकाको सरसफाई कार्य विगत दुई दिनदेखी ठप्प भएको छ । नगरको मुख्य क्षेत्रमा कुनै सरसफाई भइरहेको छैन् ।
    राजविराजको मुटु मानिने गजेन्द्र चौक, हटिया लाइन, अदालत रोड, प्रशासन रोड, कपडा लाइन, सिरहा रोड लगायतका क्षेत्रमा बुधबारदेखी सरसफाई नहुँदा बटुवाहरु नाक थुनेर आवत जावत गर्न बाध्य छन् । 
    यता फोहर सडकमै थुप्रिएपछि नगर दुर्घन्धित बन्दै गएको छ । बटुवा मात्र नभएर सवारीसाधनहरु पनि त्यही फोहरको थुप्रोलाई कुल्चिएर गनतव्यतर्फ गइरहेका छन् । 
    यस सम्बन्धमा राजविराज नगरपालिका वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादवसँग प्रतिक्रिया लिँदा उनले भने, “पालिकाले सरसफाईका लागि झाडु दिइरहेको छैन्, झाडु उपलब्ध नहुदा सरसफाई गर्न सम्भव छैन् ।”
    यस्तै राजविराज नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलले भने, “मेरो वडामा सरसफाई भइरहेको छ, तर नगरको मुटु मानिने वडा नं. ७ मा सरसफाई नहुनु दुःखद कुरा हो, यसका लागि वडामा आफ्नै संचालन खर्च हुन्छ, त्यसबाट सरसफाईका सामग्रि खरीद गर्दा हुन्छ नी ।”
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले प्रत्येक वडालाई ११÷११ लाखका दरले कार्यालय संचालनका लागि बजेट बिनियोजन गरेको जानकारी दिँदै सोही रकमबाट सरसफाईका सामाग्रि खरीद गर्न मिल्ने बताए । उनले प्रत्येक वडामा ३÷४ लाखका दरले विविध शिर्षकमा थप बजेट रहँदा रहँदै पनि सरसफाईका लागि पालिकाकै मुख हेर्ने प्रवृती राम्रो नभएको गुनासो गरे । 
    “अबदेखी सामाग्रि खरीद गर्न शिलबन्दी दरभाउ माग गर्ने र न्युनत्तम दरभाउ पेश गर्नेलाई ५ प्रतिशत रकम धरौटी माग गरेर सामानहरु खरीद गर्ने प्रक्रिया अघि बढाउन गइरहेका छौं ।, तर यसका लागि केही औपचारिकता बाकी रहेको छ ।” उनले भने, “बजारको जनप्रतिनिधिहरुले सरसफाई कार्य रोकेर पालिकालाई विवादमा ल्याउन खोजिएको छ ।”
    प्रशासकीय अधिकृत गुरुङले अहिले स्वास्थ्य शाखाहरुमा समेत स्वास्थ्य सम्बन्धी सामाग्रिहरु पनि पुग्न सकेको छैन् । 
    यसैबीच नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनले झाडु नभएकै कारण सरसफाई रोकिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै वडाले पनि झाडुको व्यवस्थापन गर्नु पर्ने हो । उनले भनिन्, “मैले तुरुन्त झाडुको प्रबन्ध मिलाएर सरसफाईका कार्य सूचारु गर्न सरसफाई इन्चार्जलाई निर्देशन समेत दिइसकेको छु ।”
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन