सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव

राजविराज राजविराज
|
आइतबार, कार्तिक १६, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव

सारांश

  • सो अवसरमा पुर्व अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीले क्रिकेट क्षेत्रलाई ब्यवसायतर्फ उन्मुख गराउनु आबश्यक रहेको बताउदै क्रिकेट खेलाडीको उत्पादन सँगै खेलाडीलाई बिकाउनु पर्नेमा जोड दिए ।
  • सप्तरीबाट प्रतिनिधित्व गर्दै नेपाली क्रिकेट टोलीमा लामो समयसम्म खेल्दै आएका चौधरीले भने क्रिकेटका लागि दिनमा तीन घण्टा समय दिए राम्रो खेलाडी उत्पादन हुनेमा जोड दिए ।
  • पत्रकार महासंघ सप्तरीको सभाहलमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धी बारे जानकारी गराएका थिए ।

दैनिक समाचारदाता
राजबिराज, १५ कात्तिक । 
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा सुबिधा सम्पन्न स्टेडियम बनाउने प्रतिबद्धता जनाएका छन् । शनिवार राजबिराजमा आयोजित सप्तरी क्रिकेट संघको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले सो प्रतिबद्धता जनाएका हुन् । उनले स्टेडियमका लागि केन्द्र र प्रदेश सरकारलाई प्रोपोजल गरिसकेकोले चाडै प्रस्ताव पास हुने बताए ।
सो अवसरमा पुर्व अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीले क्रिकेट क्षेत्रलाई ब्यवसायतर्फ उन्मुख गराउनु आबश्यक रहेको बताउदै क्रिकेट खेलाडीको उत्पादन सँगै खेलाडीलाई बिकाउनु पर्नेमा जोड दिए । सप्तरीबाट प्रतिनिधित्व गर्दै नेपाली क्रिकेट टोलीमा लामो समयसम्म खेल्दै आएका चौधरीले भने क्रिकेटका लागि दिनमा तीन घण्टा समय दिए राम्रो खेलाडी उत्पादन हुनेमा जोड दिए ।
पत्रकार महासंघ सप्तरीको सभाहलमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धी बारे जानकारी गराएका थिए । सचिव यादवद्धारा पेश गरिएको प्रतिवेदनमा संघले गत बर्ष कोरोना महामारी पुर्व संचालन गरेको गतिविधीहरु बारे बिस्तृत रुपमा जानकारी गराईएको थियो ।
सचिव यादवले पेश गरेको प्रतिवेदनमा यस बर्ष सरकारले खेलकुद गतिविधी संचालन गर्न दिए पुर्ण सावधानी अपनाई मेयर कप सप्तरी प्रिमियर लिग सिजन ३, सप्तरी महिला प्रिमियर लिग सिजन २, अम्पाएर कप जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, अम्पाएर स्कोरर तालिम लगायतका गतिबिधी संचालन गर्ने रहेको छ । 
उक्त गतिविधी संचालनका लागि करिव ४२ लाख ६० हजार को अनुमानित बजेट खर्च हुने जनाईएको छ । सामाजिक दुरी कायम राख्दै संचालन गरिएको उक्त कार्यक्रममा साधारण सदस्य बाहेककालाई उपस्थिती गराइएको थिएन ।
कार्यक्रममा संघका कोषाध्यक्ष तुलानाथ माझीद्वारा लेखा प्रतिवेदन अन्र्तगत गत बर्ष ३१ लाख १८ हजार २ सय १८ रुपैयाको बिवरण पेश गरिएको थियो । जस अन्र्तगत सप्तरी प्रिमियर लिग सिजन २ संचालनका लागि २० लाख १३ हजार ६ सय १ रुपैया खर्च भएको थियो भने सप्तरी महिला प्रिमियर लिग संचालनको लागि ९ लाख ८९ हजार ५० रुपैया खर्च भएको थियो । 
संघले आफना नियमित खेलाडी तथा पदाधिकारीहरुको कोभिड बिमा गराउनुको साथै अन्य खर्चको बिवरण समेत पेश गरिएको थियो । कार्यक्रममा गत बर्ष संचालित मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गरेका रुपनी रायर्डसका अनुज यादवलाई पुर्व क्रिकेटर दिपेन्द्र चौधरीले प्रायोजन गरेको क्रिकेट ब्याट प्रदान गरिएको थियो ।
 राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा तथा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो । 
कार्यक्रममा मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष सतिश कुमार दत्त तथा योङ्ग ११ बरहि बिरपुरका अध्यक्ष रवी रायले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सप्तरी क्रिकेट संघका उपाध्यक्ष धमेन्द्र चौधरीले राखेका थिए भने कार्यक्रमको संचालन संघका सचिव चन्दन यादवले गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह