सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 

सारांश

  •     जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न.
  • ३ गौरास्थित भित्रि सडक खण्डमा प्र.
  • २–०१–००१ ह ०७३४ न.

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 

    सप्तरीमा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित मोटरसाइकल चालक गरि तीन जना घाईते भएका छन् । 
    जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न. ३ गौरास्थित भित्रि सडक खण्डमा प्र.२–०१–००१ ह ०७३४ न.को सिटि रिक्साले पैदल यात्री ६५ वर्षिया मैनाबत्ति राउतलाई ठक्कर दिएको हो । 
    वाटो काट्ने क्रममा राउतलाई ठक्कर दिदा टाँउकोमा चोट लागेको तथा उनलाई उपचार कालागि स्थानिय जिवन ज्योति अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।  
    सिटि चालक सोही नगरपालिका ५ निवासी ३३ वर्षिय रामा प्रसाद मण्डल उपचारमा सलंग्न रहेको तथा सिटि रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    यस्तै बिहीबारै जिल्लाको बलान बिहुल गाउँपालिका २ चन्ही चोक हुलाकि सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१ प ८१८७ न. को मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साईकल यात्री सोही गाउँपालिका ६ सेहरा बस्ने २२ वर्षिय दिपेश कुमार रामलाई ठक्कर दिएको छ । 
    ठक्करबाट रामको टाउँको र हातमा चोट लागेको तथा मोटरसाइकल चालक बोदेबरसाईन ३ मधुवन बस्ने २६  वर्षिय रामकिशोर यादवको समेत टाउको र खुट्टामा चोट लागेकोले दुबैको स्थानिय क्लिनिकमा उपचार भइहरेको छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो 
सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा  पूर्वकार्यरत चौधरी सार्वजनिक
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा