“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार

राजविराज राजविराज
|
बुधबार, श्रावण १८, २०७९
|
|
६४ पटक हेरिएको
Shares
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार

सारांश

  •     भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
  •       मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई भगवान झा, सहलेखापाल राजाराम मण्डल, ओम सत्य साई प्रालि वीरगन्जमा रेनु अग्रवालसहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र चार जना सदस्य गरी १० जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  •       तत्कालीन प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले लामो अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो ।

दैनिक समाचारदाता
काठमाडौं, १८ साउन ।

    मधेश प्रदेशको बहुचर्चित “बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत छात्राहरुका लागि खरीद गरि वितरण गरिएको साइकलमा १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । 
    भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई भगवान झा, सहलेखापाल राजाराम मण्डल, ओम सत्य साई प्रालि वीरगन्जमा रेनु अग्रवालसहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र चार जना सदस्य गरी १० जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  
    तत्कालीन प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले लामो अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो । 
    साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले संघ र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानी नोक्सानी गरेको पाइएकाले सजाय र बिगो बमोजिमको जरिवाना मागदाबी लिई मुद्दा दायर भएको अख्तियारको भनाइ छ । 
    तत्कालीन प्रदेश सचिव भुसालको हकमा १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरिएको छ । भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना गर्ने मागदाबी लिइएको छ ।
    यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख सीडीई भगवान झाले तत्कालीन मूल्यांकन समितिको सदस्य समेत रहेर  फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेको अख्तियारको भनाइ छ । उनीमाथि पनि समान १० करोड ३३ लाख ७५८ रुपैया बिगो मागदाबी गरिएको छ भने सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो,भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिवाना माग दावी भएको छ। 
    यस्तै ओम सत्य साईकी रेनु अग्रवालमाथि पनि सम्झौता अनुसारको सर्त पालना नगरी प्रदेश सरकारलाई हानी नोक्सानी पार्ने काममा भूमिका खेलेको पाइएकाले १० करोड ३३ लाख ७५८ रुपैयाँ नै मागदाबी भएको छ ।  
    यस्तै साइकल खरिदबारेकै अर्को मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरु उपसचिव दिलिप कुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण, सहलेखापाल राजाराम मण्डलमाथि मापदण्ड नपुग्दा समेत बदनीयतपूर्ण भूमिका खेलेकाले दोषी किटान गरिएको छ । यस्तै भगवान झाले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेको पाइएको अख्तियारको जिकिर रहेको रातोपाटी डटकमले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका 
छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
“प्याकुरेललाई कारवाहीको माग”
“प्याकुरेललाई कारवाहीको माग”

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी