“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार

राजविराज राजविराज
|
बुधबार, श्रावण १८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार

सारांश

  •     भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
  •       मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई भगवान झा, सहलेखापाल राजाराम मण्डल, ओम सत्य साई प्रालि वीरगन्जमा रेनु अग्रवालसहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र चार जना सदस्य गरी १० जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  •       तत्कालीन प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले लामो अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो ।

दैनिक समाचारदाता
काठमाडौं, १८ साउन ।

    मधेश प्रदेशको बहुचर्चित “बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत छात्राहरुका लागि खरीद गरि वितरण गरिएको साइकलमा १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । 
    भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई भगवान झा, सहलेखापाल राजाराम मण्डल, ओम सत्य साई प्रालि वीरगन्जमा रेनु अग्रवालसहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र चार जना सदस्य गरी १० जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  
    तत्कालीन प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले लामो अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो । 
    साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले संघ र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानी नोक्सानी गरेको पाइएकाले सजाय र बिगो बमोजिमको जरिवाना मागदाबी लिई मुद्दा दायर भएको अख्तियारको भनाइ छ । 
    तत्कालीन प्रदेश सचिव भुसालको हकमा १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरिएको छ । भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना गर्ने मागदाबी लिइएको छ ।
    यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख सीडीई भगवान झाले तत्कालीन मूल्यांकन समितिको सदस्य समेत रहेर  फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेको अख्तियारको भनाइ छ । उनीमाथि पनि समान १० करोड ३३ लाख ७५८ रुपैया बिगो मागदाबी गरिएको छ भने सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो,भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिवाना माग दावी भएको छ। 
    यस्तै ओम सत्य साईकी रेनु अग्रवालमाथि पनि सम्झौता अनुसारको सर्त पालना नगरी प्रदेश सरकारलाई हानी नोक्सानी पार्ने काममा भूमिका खेलेको पाइएकाले १० करोड ३३ लाख ७५८ रुपैयाँ नै मागदाबी भएको छ ।  
    यस्तै साइकल खरिदबारेकै अर्को मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरु उपसचिव दिलिप कुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण, सहलेखापाल राजाराम मण्डलमाथि मापदण्ड नपुग्दा समेत बदनीयतपूर्ण भूमिका खेलेकाले दोषी किटान गरिएको छ । यस्तै भगवान झाले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेको पाइएको अख्तियारको जिकिर रहेको रातोपाटी डटकमले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण