दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
आफैले चलाएको ट्रक रोकिराखेको ट्याङकरमा ठोकिदा छोरीको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा सोमबार राती भएको उक्त दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राती १२ बजेतिर कदमाहा चौक नजिकै रहेको दिलिप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको को.१ख. ६९५६ नं को तेल ट्याङकरमा ना.८ख. ३४२२ नं. को ट्रक ठोकिदा ट्रकमा सवार मेनुकाको घटनास्थलमै मृत्यु भएको हो ।
आफन्त कहाँ भएको एक समारोहमा सपरिवार सहभागि भई फर्किदै गर्दा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले ट्रकका चालक मृतकका बुबा आशाराम, आमा चन्द्रकला र दाजु आशिष घाइते भएकाले उनीहरुलाई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि भर्ना गराएको जानकारी दिएका छन् ।
यता घटनापछि ट्याङकर चालक फरार भएको तथा दुबै गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
सारांश
- पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा सोमबार राती भएको उक्त दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको मृत्यु भएको हो ।
- प्रहरीका अनुसार राती १२ बजेतिर कदमाहा चौक नजिकै रहेको दिलिप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको को.
- १ख.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया