किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान

राजविराज राजविराज
|
सोमबार, जेठ ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला अदालतका न्यायाधिश उमेश कोइरालाको एकल इजलाशले सोमबार थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
  •       प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको आरोपमा प्रहरीले सदस्यद्वयलाई पक्राउ गरेको थियो ।
  •       छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन् भने उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
    सप्तरी जिल्ला अदालतले किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका केन्द्रीय सदस्यद्वय विपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि कारागार पठाएको छ । 
    जिल्ला अदालतका न्यायाधिश उमेश कोइरालाको एकल इजलाशले सोमबार थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 
    प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको आरोपमा प्रहरीले सदस्यद्वयलाई पक्राउ गरेको थियो । 
    छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन् भने उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए । यस्तै राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन् ।
    सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
इष्टर्न ज्योति प्रथम
इष्टर्न ज्योति प्रथम
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति