भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
शनिबार, चैत्र ९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा

सारांश

  •     जिल्लाको खडक नगरपालिका ८ रंजितपुर सडक खण्डस्थितमा बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको प्र.
  • २–०१–००१ स.
  • ०९२१ नं.

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    सप्तरी प्रहरीले भन्सार छलेर टेम्पुमा ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
    जिल्लाको खडक नगरपालिका ८ रंजितपुर सडक खण्डस्थितमा बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको प्र.२–०१–००१ स.०९२१ नं. को टेम्पु चेकजाँच गर्दा भन्सार छलेको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ । 
    भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएको १४ लाख ९ हजार २ सय ७० रुपैयाँ बराबरको लत्ताकपडाहरु र टेम्पुसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्रहरी चौकी बिसनपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको लत्ताकपडा र टेम्पु सहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ