आन्दोलनरत चार दलले जलाए नगरप्रमुखको पुतला 

राजविराज राजविराज
|
आइतबार, आषाढ ३०, २०८१
|
|
५७ पटक हेरिएको
Shares
आन्दोलनरत चार दलले जलाए नगरप्रमुखको पुतला 

सारांश

  •     नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताको अगुवाइमा प्रदर्शन पश्चात् नगर प्रमुख रामलखन मुखियाँको पुतला दहन गरिएको हो ।
  •       चार दलले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि गत असार ७ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
  •     यसअघि असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्नामा उनीहरु बसेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ असार । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चार दलले विभिन्न १४ बुँदे माग राखी विगत २२ दिनदेखी आन्दोलनमा रहेका छन् । चार दलले आन्दोलनको कार्यक्रम अन्तरगत शनिबार बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै नगरप्रमुखको पुतला दहन समेत गरेका छन् । 
    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताको अगुवाइमा प्रदर्शन पश्चात् नगर प्रमुख रामलखन मुखियाँको पुतला दहन गरिएको हो । 
    चार दलले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि गत असार ७ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
    यसअघि असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्नामा उनीहरु बसेका थिए । 
    नगरपालिकाका जनप्रतिनिधिहरुको वेथिति बिरुद्ध संघर्ष नाम दिइएको आन्दोलन माग पुरा नभएसम्म जारि रहने जसपा नगर समितिका उपाध्यक्ष ओमप्रकाश यादवले बताए४ । उनले नगर प्रमुख र केही वडाअध्यक्षको मिलोमतोमा नगरपालिका भित्र व्यापक आर्थिक अनियमितता भएको र सो कार्यमा प्रमुख प्रशासकीय अधिकृतले साथ नदिदा उनलाई समेत गालिगलौज र कार्यालय नआउन धम्की दिन थालिएको बताए । उनले नगर प्रमुख मुखिया पालिकालाई एमालेको कार्यकर्ता भर्तिकेन्द्र बनाउन लागेको दोषारोपन गर्दै विभिन्न तहका कर्मचारी नियुक्तिमा समेत अनियमितता भएको दाबी गरे । 
    संघर्ष समितिले नगर शिक्षा ऐन संशोधन, राजनीतिक प्रतिशोधको आधारमा गरिएको सरुवा खारेजी, पालिकाको आयव्यय सार्वजनिक, आर्थिक अनियमितताको छानबिन र भ्रष्ट कर्मचारीमाथी कारवाही गर्न माग गरेको छ । 
    यस्तै आ.ब. २०७९÷८० मा कोरोना महामारी शिर्षकमा गरिएको आम्दानी खर्च विवरण, आ.ब. २०७९÷८० र २०८०÷८१ मा खरीद गरिएको औषधी र सेनेटरी प्याडको आम्दानी खर्च विवरण, २०८०÷८१ मा स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्य शाखा र शिक्षा शाखामा भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । 
    यस्तै राजनैतिक आस्थाका आधारमा हटाइएका कर्मचारीको पुर्नवहाली, कर्मचारीलाई दरबन्दी भएकै स्थानमा सरुवा गर्नुपर्ने लगायतका १४ बुँदे माग संघर्ष समितिले अघि सारेको छ । 
    यता डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले नगरपालिका भित्र कुनै आर्थिक अनियमितता नभएको र विपक्षिले अनावश्यक रुपमा बखेरा झिकेको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु