सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८

राजविराज राजविराज
|
सोमबार, आषाढ १, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८

सारांश

  •     पछिल्लो पटक सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • २ र राजविराज नगरपालिका वडा नं.
  • १ गरि दुई जनामा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ असार ।
    सप्तरीमा कोरोनाबाट संक्रमितको संख्या १ सय ५० पुगेको छ । सोमबार २ जनामा कोरोनाको संक्रमण भेटिएपछि संख्या १ सय ५० पुगेको हो । 
    पछिल्लो पटक सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ र राजविराज नगरपालिका वडा नं. १ गरि दुई जनामा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    यता आइतबार १८ जना कोरोनाबाट निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । यो सँगै सप्तरीमा कोरोनाबाट निको हुनेको संख्या ३८ पुगेको छ । 
    यता बाँकी रहेका १ सय १२ जना कोरोना संक्रमित मध्ये १ सय ११ को राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा उपचार भइरहेको तथा एक जना स्वास्थ्यकर्मी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको उनले बताए । 
    यता सोमबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ भने निको हुनेको संख्या १ हजार ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सांसद रेशम चौधरीको खुट्टामा नेल बाँधेर उपचार गरिँदै
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह