कात्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न पाइने 

राजविराज राजविराज
|
सोमबार, कार्तिक १४, २०७९
|
|
१०३ पटक हेरिएको
Shares
कात्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न पाइने 

सारांश

  •     मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने निर्वाचन आयोगले स्पष्ट पारेको हो ।
  •       आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
  •       उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।

    मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि प्रचारप्रसार गर्न पाउने भएका छन् । उक्त प्रचारप्रसार मसिर १ गतेसम्म गर्न पाइने छ । प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने भएको छ । 
    मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने निर्वाचन आयोगले स्पष्ट पारेको हो । 
    आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । 
    उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
    यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ ।
    आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । 
    आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । 
    आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए÷नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ । 
    आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 
मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड
मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी