जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
५८ पटक हेरिएको
Shares
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 

सारांश

  •     जिल्ला समन्वय समिति निर्वाचित भएर आएको दुई बर्ष बित्न लाग्दा पनि जिल्ला सभाको काम, कर्तव्य, र अधिकार स्पष्ट नहुदाँ समन्वय समितिका पदाधिकारीहरू असन्तुष्ट बनेको हो ।
  •     जिल्ला समन्वय समितिले विभिन्न स्थानिय निकायमा गरिने अनुगमन तथा समन्वयको भुमिका प्रभावकारी नभएकोले जिससको औचित्य नरहेको सहभागी आठ वटै जिल्ला प्रमुख तथा उपप्रमुखहरूले गुनासो पोखेका छन ।
  •       शुक्रवार जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित जिल्ला सभाको काम, कर्तव्य, र अधिकार सम्बन्धि अन्तरक्रिया गोष्ठीमा सहभागी पदाधिकारीहरूले अधिकार सम्बन्धी ब्यबस्था गर्न बनेको कार्यबिधि ०७६ माथि सुझाव तथा छलफल गरिएको छ ।

चन्दनकुमार यादव 
राजविराज, २४ माघ । 
    प्रदेश नं. २ का जिल्ला सभाको काम, कर्तव्य र अधिकार अस्पष्ट नहुदाँ जिल्ला समन्वय पदाधिकारी असन्तुष्टसँगै अन्यौलामा परेको छ ।
    जिल्ला समन्वय समिति निर्वाचित भएर आएको दुई बर्ष बित्न लाग्दा पनि जिल्ला सभाको काम, कर्तव्य, र अधिकार स्पष्ट नहुदाँ समन्वय समितिका पदाधिकारीहरू असन्तुष्ट बनेको हो ।
    जिल्ला समन्वय समितिले विभिन्न स्थानिय निकायमा गरिने अनुगमन तथा समन्वयको भुमिका प्रभावकारी नभएकोले जिससको औचित्य नरहेको सहभागी आठ वटै जिल्ला प्रमुख तथा उपप्रमुखहरूले गुनासो पोखेका छन । 
    शुक्रवार जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित जिल्ला सभाको काम, कर्तव्य, र अधिकार सम्बन्धि अन्तरक्रिया गोष्ठीमा सहभागी पदाधिकारीहरूले अधिकार सम्बन्धी ब्यबस्था गर्न बनेको कार्यबिधि ०७६ माथि सुझाव तथा छलफल गरिएको छ ।
    जिल्ला समन्वय समिति सप्तरीको आयोजना तथा मुख्य न्यायाधिवक्ता कार्यालय प्रदेश २ जनकपुरधाम धनुषाको समन्वयमा आयोजना गरिएको हो । सो अवसरमा अधिकाँस जिल्लाका समन्वय समितिका पदाधिकारीले काम, कर्तव्य र अधिकार को सवालमा प्रदेश २ सरकारल तयार पारेका कार्यबिधि संन्तोषजनक नभएकोले सच्चाउन माँग गरेको छ ।
    जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले जिल्ला समन्वय समितिलाई स्थानिय निकायले सारुतेला 
व्यवहार गरेको आरोप लगाउदै मर्यादा कायम भएपनि कार्य, व्यवहार कमजोर भएको बताउनु भयो । दुई वर्षदेखि प्रदेश सरकारले ऐन कानुन नबनाउदाँ हामी सबै अन्यौलमा छौ, भन्दै प्रदेश सरकारले केही बजेट दिएको छैन, धनुषाका प्रमुख रामदेव यादबले गुनासो गरे ।
    जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादबले प्रदेश २ का जिल्लाहरूको बालुवा, गिटी, उत्खनन् गर्ने सम्बन्धमा अनुगमन तोकिएको भएपनि स्थानिय तहले आफनो अनुकुल गिट्टी, बालुवा, उत्खनन् गर्ने गरेका आरोप लगाए ।
    उनले भने गिट्टी, बालुवा, उत्खनन् सम्बन्धी सम्पुर्ण अधिकार जिल्ला समन्वय समिति मातहतमा राख्ने गरी अधिकार सहितको कानुनमा ब्यबस्था गर्नुपर्ने बताए ।
    यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश कुमार सिंहले जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धी बनेको कार्यबिधि उपर भएको छलफलमा अनुगमन तथा समन्वयको अधिकारलाई थप परिमार्जन गरी अनुगमन पश्चात् अनुगमनको प्रतिवेदन उपर कार्यवाही गर्ने निकाय वारेमा कानुन स्पष्ट हुनुपर्नेमा माँग गरेको छ। ।
    सो अवसरमा मुख्य न्यायाधिबक्ता कार्यालयका सप्तरीका प्रतिनिधि किरण कुमारी साहले आठ वटै जिल्ला सभाका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख हरूवाट आएको सुझाव र सल्लाहलाई मुख्य न्यायाधिवक्ताको कार्यालय पुगाउने बताईन । 
    उनले भनी जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार तथा अनुगमन तथा समन्वयको प्रभावकारी बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालय गम्भीर भएको बताईन ।
    उनले भने जिल्ला समन्वय समितिले गरेको अनुगमनको प्रतिवेदन उपर कार्यान्वयन नभएकोले त्यस सम्बन्धी अधिकारको ग्यारेन्टी गर्ने सम्बन्धी कानुन प्रदेश सरकारले निर्माण गरिने बताईन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ