राजविराज÷राजबिराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा डाक्नेश्वरी र रुपनीबीच हुने भएको छ ।
शनिबार सम्पन्न अन्तिम लिग खेलमा डाक्नेश्वरीले तिलाठीकोईलाडिलाई ३ रनले पराजित गर्दै फाईनल खेलमा स्थान सुरक्षित गरेको हो ।
तिलाठीकोईलाडी जाईन्टसले टस जिती पहिलो ब्याटिंङका लागि डाक्नेश्वरी राईडसलाई निम्तो दिएका थिए । ब्याटिङका लागि मैदानमा ओर्लेको डाक्नेश्वरीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा आप्mनो सम्पुर्ण बिकेट गुमाई १ सय २ रनमै समेटिएको थियो ।
डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर बिष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामांगले १० रनको योगदान दिएका थिए । डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठी कोईलाडीका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ बिकेट लिएका थिए भने बिकास दास र सुनिल धमलाले सामान २ बिकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ बिकेट लिएका थिए ।
डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके ।
तिलाठी कोईलाडी जाईन्टसलाई सस्तोमा समेटन डाक्नेश्वरीका रोबिन सिंहले घातक बलिंग गर्दै ४ ओभरमा १९ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिष्ट र दिपेश कंडेलले सामान १ विकेट लिएका थिए ।
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा पबिमाबिको क्रिकेट मैदानमा संचालित सप्तरी प्रिमियर लिग सिजन २ को फाइनल खेल आइतबार दिउँसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ । लिगको विजेताले २ लाख तथा उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने
सारांश
- डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर बिष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामांगले १० रनको योगदान दिएका थिए ।
- डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठी कोईलाडीका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ बिकेट लिएका थिए भने बिकास दास र सुनिल धमलाले सामान २ बिकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ बिकेट लिएका थिए ।
- डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया