सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
५१ पटक हेरिएको
Shares
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 

सारांश

  •     निर्वाचनको एक साता मात्र बाँकी रहँदा निर्वाचन सुरक्षाका संयुक्त सुरक्षा टोलीले सप्तरीको सुगम देखी विकट गाउँ सम्म कडा निगरानी बढाउन थालेको हो ।
  •     यसैक्रममा सुरक्षाकर्मीको संयुक्त टोली कोशीको भंगालोले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित गोबरगाढा गाउँमा पुगेका हुन् ।
  •     भारतीय सिमा संग जोडिएको र चारैतिर कोशीको भंगालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुङ्गा चढेर नेपाली सेनाको बरखगण, सशस्त्र र नेपाल प्रहरीको एक टोली त्यहाँ पुगेर सुरक्षा निगरानीमा खटिएको राजविराज स्थित बरखगणका गणपती प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १२, फागुन । 

    प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निर्वाचन प्रहरी सहितको संयुक्त टोलीले सप्तरीमा सुरक्षा निगरानी बढाउँदै लगेको छ ।
    निर्वाचनको एक साता मात्र बाँकी रहँदा निर्वाचन सुरक्षाका संयुक्त सुरक्षा टोलीले सप्तरीको सुगम देखी विकट गाउँ सम्म कडा निगरानी बढाउन थालेको हो ।
    यसैक्रममा सुरक्षाकर्मीको संयुक्त टोली कोशीको भंगालोले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित गोबरगाढा गाउँमा पुगेका हुन् ।
    भारतीय सिमा संग जोडिएको र चारैतिर कोशीको भंगालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुङ्गा चढेर नेपाली सेनाको बरखगण, सशस्त्र र नेपाल प्रहरीको एक टोली त्यहाँ पुगेर सुरक्षा निगरानीमा खटिएको राजविराज स्थित बरखगणका गणपती प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए । 
    निर्वाचन सुरक्षाका क्रममा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा हाल सम्म गणबाट ६ सय ५० सेना परिचालन भइसकेको तथा आवश्यक्ता अनुसार अझै थपिने उनले बताए । 
    निर्वाचनलाई सफल पार्न भारतीय सीमा संग जोडिएको तथा संवेदनशील र अतीसंवेदनशील सुचीमा परेका मतदान स्थलहरुमा सशस्त्र र नेपाल प्रहरीको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाई छ । 
    सप्तरीमा स्थायी २ सय ९६ र अस्थायी २ गरी २ सय ९८ मतदान स्थल निर्धारण गरिएको छ । त्यसमध्ये ८३ वटा सम्वेदनशील, २ सय ९ वटा अति सम्वेदनशील मतदानस्थलको सुचीमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न एकिकृत सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ प्रहरी परिचालन भएको उनको भनाई छ । प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले मतदातालाई ढुक्क भई मतदान गर्न आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाई तयारी भईरहेको बताए । 
    यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि ४ वटै क्षेत्रमा परिचालन भईसकेको उनको भनाई छ । निर्वाचन  सुरक्षाका लागी सशस्त्र प्रहरी बल हेडक्वाटर राजविराजबाट पनि ८ सय ६९ प्रहरी परिचालन भएको सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकिले जानकारी दिएका छन् । 
    यसरी परिचालित संयुक्त सुरक्षाकर्मी कारागार, प्रमुख बजार, सिमानाका, मतदान स्थल तथा प्रमुख सडक मार्गमा संयुक्तरुपमा गस्तीमा खटिएको छ ।
    सीमाक्षेत्रमा दैनिक संयुक्त गस्ती बढाइएपछि शान्ति सुरक्षा राम्रो हुदै गएको हनुमाननगर कंकालिनी नगरपालिका वडा १३ गोबरगाढाका वडाअध्यक्ष कुशेश्वर यादवले बताए । उनले चारैतीर कोशी नदीको भंगालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुंगा चढी सेना र प्रहरीको टोली आइपुगेपछि स्थानीयवासी निर्वाचन सुरक्षालाई लिएर उत्साहित बनेको बताए । निर्वाचन सुरक्षा व्यवस्था सुदृढ बनाउन सशस्त्र र नेपाल प्रहरीका साथ नागरिक अगुवा र सरोकारवाला सबै संग समन्वय र सम्बन्ध प्रगाढ बनाउँदै अघि बढेको बरखगणका गणपती चन्दले बताए ।
    चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४ लाख ४६ हजार २ मतदाता छन भने १ सय २ उम्मेदवार चुनावी मैदानमा छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
आगलागिमा तीन घर जलेर नष्ट
आगलागिमा तीन घर जलेर नष्ट
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
लागूऔषधसहित तीन पक्राउ
लागूऔषधसहित तीन पक्राउ