जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम

राजविराज राजविराज
|
शनिबार, श्रावण ७, २०७९
|
|
५१ पटक हेरिएको
Shares
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम

सारांश

  •     नेपाली काँग्रेस सप्तरीले आफ्ना संस्थापक नेता समेत रहेका स्व.
  • कोइरालाको प्रतिमामा माल्र्यापण तथा अन्तरक्रिया र भातृ संस्था नेविसंघले विरामीलाई फलपृmुल वितरण गरी ४० औं स्मृति दिवस मनाएको हो ।
  •       सप्तरीको सुुरुंगा नगरपालिकाको कदमाहा चौकमा रहेको स्व.

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
    प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. वी.पी.कोईरालाको ४० औं स्मृती दिवसको अवसरमा शुक्रबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । 
    नेपाली काँग्रेस सप्तरीले आफ्ना संस्थापक नेता समेत रहेका स्व. कोइरालाको प्रतिमामा माल्र्यापण तथा अन्तरक्रिया र भातृ संस्था नेविसंघले विरामीलाई फलपृmुल वितरण गरी ४० औं स्मृति दिवस मनाएको हो । 
    सप्तरीको सुुरुंगा नगरपालिकाको कदमाहा चौकमा रहेको स्व. वीपीको प्रतिमामा माल्र्यापण पश्चात नेपाली काँग्रेस सप्तरीद्वारा आयोजित कार्यक्रममा काँग्रेसका जिल्ला सभापती रामदेव साह, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, उपसभापती द्वय राम कुमार यादव, फत्ते महमद, सचिवद्वय सनत मण्डल, प्रभु नारायण चौधरी, युवा नेता इर्शाद अन्सारी, सुरुंगा नगरपालिकाका प्रमुख गिता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकाल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल लगायतका वक्ताले वीपी कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । 
    यस्तै शुक्रवार नै नेविसंघ सप्तरीले स्थानीय गजेन्द्रनारायण सिह अस्पतालका विरामीहरुलाई फलपुृmल वितरण गरी ४० औं वीपी स्मृती दिवस मनाएका छन् । 
    जिल्ला अध्यक्ष घनानन्द यादवको अगुवाईमा काँग्रेसकी महिला नेतृ सुशिला यादव, युवा नेता नन्दकिशोर यादव लगायतको टोलीले अस्पतालमा भर्ना रहेका १ सय ५० भन्दा बढी विरामीलाई फलफुल वितरण गरीएको संघले जनाएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागी कठोर संघर्ष गरेका कोइरालाको वि.स.२०३९ साल साउन ६ गते निधन भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
माटोको मुर्तीमा प्रयोग हुने सामाग्रीको  मुल्य महगिएपछि मुर्तीकार समस्यामा
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम 
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम