क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना

राजविराज राजविराज
|
बुधबार, पौष २३, २०८२
|
|
४८ पटक हेरिएको
Shares
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना

सारांश

  •     क्यान्सर रोगले थला परी उपचाररत १७ वर्षिय गंगा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागी भर्ना छन् ।
  • उनको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट यादव दम्पत्तिले आर्थिक सहयोगको याचना गरेका हुन ।
  •       भरत यादव र श्यामा देवी दम्पत्तीका एक मात्र छोरा गंगा मस्तिष्क र खुट्टाको क्यान्सरको उपचारका लागी विगत एक महिनादेखी उक्त अस्पतालमा भर्ना छन ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।    

    सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ निवासी भरत यादव र श्यामा देवी दम्पत्तीले आफ्ना १७ वर्षिय छोरा गंगा यादवको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट सहयोगको याचना गरेका छन् । 
    क्यान्सर रोगले थला परी उपचाररत १७ वर्षिय गंगा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागी भर्ना छन् । उनको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट यादव दम्पत्तिले आर्थिक सहयोगको याचना गरेका हुन । 
    भरत यादव र श्यामा देवी दम्पत्तीका एक मात्र छोरा गंगा मस्तिष्क र खुट्टाको क्यान्सरको उपचारका लागी विगत एक महिनादेखी उक्त अस्पतालमा भर्ना छन । किसान परिवारका गंगाको यस अघि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गरीएको बुवा भरतले बताए । तर त्यहाँ निको नभएपछी थप उपचारका लागी भरतपुर स्थित क्यान्सर अस्पताल ल्याइएको उनको भनाई छ । 
    दिल्लीमा उपचार गराउँदा नेपाली ९ लाख रुपैया खर्च भएको र त्यसका लागी परिवार चलाउन एकमात्र आयश्रोतको रुपमा रहेको ३ कठ्ठा खेतीयोग्य जग्गा बेच्नु परेको उनले सुनाए । उपचार खर्च बढ्दै गएपछी अहिले समस्यामा परेको उनले पीडा पोखे । 
    क्यान्सर उपचारको क्रममा अहिले छोराको “किमो” उपचार पद्धती चलिरहेको भन्दै उनले अहिले औषधी, अस्पताल शूल्क र हेरचारका लागी बसेका हामीलाई खान, वस्न समेत रकमको अभाव भएको जानकारी दिए । 
    आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै यादव दम्पत्तीले समेत आर्थिक सहयोगका लागी सबैसँग याचना गरेका छन । उनीहरुले सहयोगका लागी मोबाईल नम्बर ९७०२०३२२०१ मा पनि सम्पर्क गर्न सबैमा आग्रह गरेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
ट्रक दुर्घटनामा चालकको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या