दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला

राजविराज राजविराज
|
आइतबार, चैत्र ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला

सारांश

  •     परिवारजन, आफन्त तथा प्रहरीले उनको खोजतलास गरिरहेकै वेला यसरी सामाजिक संजालमा देखिएको भिडियोले घट्नामा नयाँ मोड आएको छ ।
  •       सार्वजनिक भएको भिडियोमा रुदै गरेकी ती नाबालिकालाई केही महिला र पुरुषले हात समाएको र एक जना युवाले सिउँदोमा जबरजस्ती सिन्दुर हालेको दृश्य देखिएको छ ।
  •     टिकटकमा देखिएको स्थान ग्रामिण क्षेत्रको भएपनि स्थान पहिचान हुन भने बाकि रहेको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    दुई महिना देखी वेपत्ता सप्तरीकी एक नाबालिकाको एकाएक सामाजिक संजालमार्फत आइतबार भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला मचिएको छ । 
    परिवारजन, आफन्त तथा प्रहरीले उनको खोजतलास गरिरहेकै वेला यसरी सामाजिक संजालमा देखिएको भिडियोले घट्नामा नयाँ मोड आएको छ । 
    सार्वजनिक भएको भिडियोमा रुदै गरेकी ती नाबालिकालाई केही महिला र पुरुषले हात समाएको र एक जना युवाले सिउँदोमा जबरजस्ती सिन्दुर हालेको दृश्य देखिएको छ ।
    टिकटकमा देखिएको स्थान ग्रामिण क्षेत्रको भएपनि स्थान पहिचान हुन भने बाकि रहेको प्रहरीको भनाई छ । नाबालिकालाई जबरजस्ती सिन्दुर हाल्ने ब्यक्तीको भने पहिचान खुलेको छ । नाबालिकाका बुबाले आईतवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएको किटानी जाहेरीमा छोरीलाई जबरजस्ती सिन्दुर हाल्ने ब्यक्ती अशोक मण्डल रहेको उल्लेख गरेका छन । उनी जिल्लाको डाक्नेश्वरी नगरपालिकाका बासिन्दा हुन ।
    यस अघि नाबालिकाका बुबाले २०८२ माघ ८ गते छोरी वेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । छोरीले बोक्ने गरेको मोइवाइल सोही दिनदेखी स्विच अफ भएको जानकारी गराउँदै उनले हुलिया सहित खोजतलाशका लागी प्रहरीमा निवेदन दिएका थिए । 
    त्यति बेला पनि उनले निवेदनमा शंकास्पद ब्यक्तीको रुपमा अशोक मण्डलकै नाम उल्लेख गरेका थिए । समाजिक सञ्चालमा पछिल्लो पटक देखिएको युवा अशोक नै रहेको गाउँलेहरुले समेत बताएका छन । 
    प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले घटनाको सूक्ष्म अनुसन्धानका साथै प्राप्त हुलिया विवरणको आधारमा खोजी कार्य तिब्र बनाईएको जनाएका छन । उनले सार्वजनिक भएको भिडियोको पनि अनुसन्धान भईरहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा बालिका र महिला घाइते
दुर्घटनामा बालिका र महिला घाइते
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
रहेनन् बलराम दास
रहेनन् बलराम दास
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण