दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
सनातन हिन्दु धर्मको संरक्षण तथा सशक्तिकरण लगायतका विषयमा तीन जिल्लाका महिलालाई समेटेर आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद् सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ८ पोखरीयामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सिरहा, उदयपुर र आयोजक सप्तरीका गरि १ सय २५ महिलाहरुको सहभागिता रहेको थियो ।
हिन्दु धर्म तथा हिन्दु धर्मावलम्बी परिवारको संरक्षण, एकता, हिन्दु धर्म संस्कृति, संस्कार, चाड पर्व, परम्पराको संरक्षण तथा हिन्दु धर्मावलम्बी नारीहरुको सशक्तिकरण र क्षमता विकास लगायतका उद्देश्य प्राप्तिका लागि उक्त कार्यक्रम चलाइएको आयोजक विश्व हिन्दु परिषद्का कोषाध्यक्ष कात्तिक चौधरीले बताए ।
उनकै अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि परिषद्का राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, सचिव रामनारायण ठाकुर लगायतले सनातन हिन्दु धर्मप्रति महिलाहरुको आकर्षण र सहभागिता बृद्धि, सशक्तिकरण तथा उनीहरुको जिवनशैलीमा सुधारका लागि यस्तो कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रशिक्षणमा सहभागि महिलाहरुलाई जंगबहादुर सिंह, बृजेशकुमार झा, सुनिता ठाकुर, रामनारायण ठाकुर, लोकेन्द्र झा र मोहनकुमारले प्रशिक्षण दिएका थिए ।
समापन समारोहको संचालन परिषद्का प्रदेश सचिव जंगबहादुर सिंहले गरेका थिए । कार्यक्रममा संस्कार पक्षबारे सुनिता ठाकुरले सहजिकरण गरेकी थिइन् ।
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
सारांश
- विश्व हिन्दु परिषद् सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ८ पोखरीयामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सिरहा, उदयपुर र आयोजक सप्तरीका गरि १ सय २५ महिलाहरुको सहभागिता रहेको थियो ।
- हिन्दु धर्म तथा हिन्दु धर्मावलम्बी परिवारको संरक्षण, एकता, हिन्दु धर्म संस्कृति, संस्कार, चाड पर्व, परम्पराको संरक्षण तथा हिन्दु धर्मावलम्बी नारीहरुको सशक्तिकरण र क्षमता विकास लगायतका उद्देश्य प्राप्तिका लागि उक्त कार्यक्रम चलाइएको आयोजक विश्व हिन्दु परिषद्का कोषाध्यक्ष कात्तिक चौधरीले बताए ।
- उनकै अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि परिषद्का राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, सचिव रामनारायण ठाकुर लगायतले सनातन हिन्दु धर्मप्रति महिलाहरुको आकर्षण र सहभागिता बृद्धि, सशक्तिकरण तथा उनीहरुको जिवनशैलीमा सुधारका लागि यस्तो कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया