दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको महादेवा गाउँपालिकामा सेवाग्राहीले पालिकावाट पाउनु पर्ने सेवाबाट बञ्चित हुनु परेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव हप्तौं दिनदेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्रहीहरु सेवा पाउनबाट बञ्चित हुनुपरेको हो ।
काम विशेषले आउने सेवाग्राही रितो हात फर्किने गरेका छन् । उनी कार्यालय कहिले आउने बारे कसैलाई जानकारी छैन ।
यता गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल र उपाध्यक्ष अर्चना कुमारी यादव समेत पालिकामा नियमित नआउँदा सेवाग्राही झनै मारमा परेका छन् । स्थानिय निर्वाचन भएको ८ महिना वितिसक्दा पनि यस पालिकामा विकाशीय कार्यले अझैं गति लिन सकेको छैन् ।
नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार तथा नेता दिपेन्द्र माझीले अपाङ्ग, गरिब, असहायलगायतलाई चिसोबाट जोगाउन न्यानो लुगा वितरण नगरेको, किसानलाई समयमा मलखाद उपलब्ध नगराएको, संघिय सरकारबाट पहल गरी २ करोडको बिधुुतीकरणको काम हालसम्म सञ्चालन नगरेको आरोप लगाएका छन् ।
यसैबीच गाउँपालिका अध्यक्ष मण्डलले विकाशीय योजनाका लागी वडाध्यक्षहरुलाई कार्यादेशको लागी पत्राचार गरिसकेकोमा उनीहरुबाटै मागं नआएकोले काममा ढिलाई भएको प्रतिक्रिया दिएका छन् ।
उनले न्यानो कपडा बितरण कार्य शुक्रवारबाट शुरु भईसकेको बताउदै करार र अन्य काम चाँडै प्रारम्भ हुने बताए । आफु केही समयदेखि बिरामी भएको कारण पालिका आउन नसकेको र निको भएपछि मात्र नियमित पालिका जाने जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत यादवको सिरहा नगरपालिकामा सरुवा भईसकेको जानकारी समेत दिए ।
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित
सारांश
- पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव हप्तौं दिनदेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्रहीहरु सेवा पाउनबाट बञ्चित हुनुपरेको हो ।
- काम विशेषले आउने सेवाग्राही रितो हात फर्किने गरेका छन् ।
- उनी कार्यालय कहिले आउने बारे कसैलाई जानकारी छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया